मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारी वकिल घुस लिँदालिँदै रंगेहात पक्राउ

सरकारी वकिल घुस लिँदालिँदै रंगेहात पक्राउ


भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस रकम लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । 
 
मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । 
 
आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताइएको छ । 
 
पछिल्लो समयमा सरकारी कर्मचारीहरु घुस नखाइ कामने नगर्ने गुनासा बढिरहेको अवस्थामा सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता नै पक्राउ पर्नुले नेपालमा घुस खाने रोग कतिसम्म फस्टाएको रहेछ भन्ने पुष्टि हुन्छ ।