हिमालयखवर संवाददाता-
डेन्टन (टेक्सस) । विगतका वर्षहरु जस्तै यसपटक पनि टेक्ससको डेन्टनमा छठपर्ब भव्य रुपमा मनाइएको छ ।
डेन्टनको नर्थलेक पार्कमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरेर सुरु भएको छठपर्व बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेर समापन भएको थियो । छठपूजा समिति डेन्टनको आयोजनमा भएको कार्यक्रममा साँढे तीनसय जनालाई बेलुकीको डिनर तथा बिहानको खानाको व्यबस्था गरिएको थियो ।
यसपटकको छठपूजामा टेक्ससको अस्टिनदेखि लिएर सानफ्रान्सिस्कोसम्मका नेपाली र भारतीयको सहभागिता थियो ।
यसपटकको पूजामा बिजुलीबत्ति, पाल, हिटर, चियानास्ता तथा बस्ने व्यबस्था समेत मिलाइएको थियो । छठ नेपालको तराई भेगमा मनाइने पर्व हो । पछिल्ला समयमा छठपर्ब मनाउने चलन विस्तारै पहाडीभेग तिर पनि बढेको छ ।
आउँदो वर्षको छठपर्व शनिबार र आइतबार पर्ने भएकोले निकै ठूलो सहभागिता हुने अनुमान आयोजक समितिले गरेको छ । आउँदो वर्षका लागि कम्तिमा सातसय जनाको लागि डिनरको व्यबस्था गरिने जनाइको छ ।
प्रतिक्रिया