मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघका विद्यार्थीले देउवाविरुद्ध गरे नारावाजी

नेविसंघका विद्यार्थीले देउवाविरुद्ध गरे नारावाजी


काठमाडौँ । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले नारावाजी गरेका छन् ।  
 
नेविसंघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र गर्न नहुने भन्ने दुवै पक्षका विद्यार्थीहरुले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी गरेका हुन् ।
 
कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुवै पक्षले चर्को नाराबाजी गरेका थिए ।
 
पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नारावाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच नै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
 
त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत राख्ने विद्यार्थीहरुबीच धकेलाधकेल भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।
 
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टलगायतको समूहले महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा र अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।
 
उनीहरुले बैठकमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नारावाजीमा उत्रिएका थिए ।
 
नेविसंघले तीन महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको छ ।
 
नेविसंघको थप गरिएको पदावधि पनि आइतबारदेखि समाप्त हुँदैछ ।