मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्ट्रेलिया जान लागेका २४ वर्षे युवा बेपत्ता

अस्ट्रेलिया जान लागेका २४ वर्षे युवा बेपत्ता


भरतपुर । पूर्वी चितवनको कालिका नगरपालिका ६ बस्ने २४ वर्षीय सुदीप सापकोटाको अवस्था विगत चार दिनदेखि अज्ञात छ । गत सोमबारदेखि बेपत्ता उनको खोजीमा प्रहरी प्रशासन र आफन्त लागे पनि अहिलेसम्म फेला पर्न सकेका छैनन् । 
 
प्रहरीले उनको मोबाइल टे«स गरेर हेर्दा सिम प्रयोगमा छैन । उनको लोकेसन काठमाडौँ देखाएको छ । मोबाइलबाट भने इन्टरनेट चलाइएको प्रहरीले जनाएको छ । ‘बिहीबार दिउँसो १२ बजेको समयसम्ममा पनि इन्टरनेट उक्त मोबाइलबाट प्रयोग भएको देखिन्छ’, उनका बुबा गंगाप्रसादले भने । मोबाइल अरुले नै प्रयोग गरे वा उनै सुदीपले भन्ने यकिन भएको छैन ।  
 
गत सोमबार नारायणगढबाट किनमेल गरी पुल्चोकदेखि क्याम्पस गेटसम्म जान भनी म्याजिक चढेका उनी कहाँबाट कतिखेर हराए भन्ने पत्तो पाउन सकिएको छैन । आगामी मंसिर ४ गते सुदीपको अस्ट्रेलिया उडानको कापर्यक्रम रहेको थियो । 
 
भारतमा बसेर कम्प्युटर इन्जिनियरिङ पढेका उनको विभिन्न सीमानाकामा चेकजाँचका लागि फोटो पठाइएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । सामाजिक सञ्जालमा पनि उनकोे खोजीका लागि व्यापक आग्रह गरिएको छ ।