मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारीबाट छोरी बचाउँदा वृद्धको खुट्टा भाँचियो

बलात्कारीबाट छोरी बचाउँदा वृद्धको खुट्टा भाँचियो


भरतपुर । २२ वर्षीया छोरी सुस्त मनःस्थिति भएकीलाई बलात्कारीबाट बचाउँदा एक वृद्धको खुट्टा भाँचिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ बस्ने वर्ष ६७ का गोपाल दराईको खुट्टा भाँचिएको हो । घरमा छोरी र बाबुमात्र बस्दै आएका थिए । 
 
कात्तिक २२ गते राति १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर ११ का २२ वर्षीय हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।
 
आफू बलात्कृत हुन खोज्दा ती युवती रोइकराइ गरेपछि बुबा गोपालले थाहा पाएर छुटाउन जाँदा उल्टै ती युवकले उनलाई उचालेर फालेको ती वृद्धले बताए । आरोपित महतोले मादक पदार्थ सेवन गरेको घाइतेले बताएका छन् । 
 
खाटको धारमा लागेर आफ्नो खुट्टा भाँचिएको उनले बताए । उनको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आगामी आइतबार अप्रेसन गर्ने भनी चिकित्सकले भनेको पीडित वृद्धका जेठा ज्वाइँ नेपाल दराई उत्थान समिति चितवनका अध्यक्ष रामबहादुर दराईले बताए ।
 
गरिब घरपरिवारका गोपालको आर्थिक अभावका कारण उपचारमा समेत समस्या भएको उनले बताए । घरमा बाबुछोरीमात्रै भएकाले घाइतेको उपचारमा पनि पीडित युवती नै लागिपरेकी छन् ।
 
अभियुक्त महतोलाई चितवन प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको हो । उनीविरूद्ध जबर्जस्ती करणी प्रयासमा मुद्दा चलाइएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।