मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फक्सन्यूज पनि ट्रम्पको विपक्षमा

फक्सन्यूज पनि ट्रम्पको विपक्षमा


हिमालयखवर संवाददाता- 
वासिङटन डिसी (अमेरिका) ।  अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखिनै अनेकन उटपट्याङ काम गर्दै चर्चामा अाएका डोनाल्ड ट्रम्प एक्लिने क्रम जारी छ । 
 
हालैमात्र सिएनएनका ह्वाइट हाउस प्रमुख संवाददाता जिम अकोष्टाको प्रेसपास खोसेको घटनाले उनी अमेरिकी सञ्चारमाध्यमहरूको निशानामा परेका छन् । उनको यो हर्कत अमेरिकाले तीन शताव्दी लगाएर बनाएको प्रेस स्वतन्त्रताको सम्मान गर्ने मुलुकको खिलाफमा पुगेको छ । सोही कारण सुरूदेखिनै ट्रम्पलाइ समर्थन गर्दै अाएको फक्स जस्तो च्यानलले समेत विरोध जनाउँदै अकोष्टाको पक्षमा उभिएको छ । 
 
गत साता मध्यावधि चुनावपछि ह्वाइटहाउसमा अायोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्न सोधेकै अाधारमा ट्रम्पले अकोष्टामाथि दुर्व्यबहार गरेका थिए। उनले अकोष्टालाइ अयोग्य भन्दै गाली गरेका थिए ।  
 
नीतिगत बैचारिक बिमतिहरुका बाबजुद पनि राष्ट्रपति ट्रम्पद्वारा प्रमुख सम्बाददाता अकोस्टाको प्रेस-पास खोसेर अमेरिकी संबिधानको फर्स्ट एमन्डमेन्टले प्रत्याभूत गरेको आधारभूत अधिकारको उल्लङ्घन गरेको बिषयमा प्रमुख अमेरिकी संचार माध्यमहरु एक भएका छन्।
 
फक्स न्युजसँगै अमेरिकाका अन्य ३१ वटा ठुला संचार गृहहरुले सीएनएनले मंगलबार फायल गरेको राष्ट्रपति बिरुध्दको मुद्दालाई समर्थन गर्दै जीम अकोस्टाको प्रेस-पास तुरुन्त फिर्ता गर्न जोडदार माग गरेका छन । त्यस्तो माग गर्नेहरुमा एसोसिएट प्रेस, वासिंगटन पोस्ट, न्युयोर्क टाईम्स, ब्लुमबर्ग न्युज, युएसए टुडे, पोलिटिको, एनबीसी न्युज, नेसनल प्रेस क्लब, प्रेस फ्रिडम डिफेन्स फण्ड आदी रहेका छन । 
 
सीएनएनका तर्फबाट राष्ट्रपति र ह्वाईट हाउसका नाममा रिस्ट्रेनिङ्ग अर्डर जारी गर्न फेडेरल कोर्टमा मुद्दा दाएर गरिएको छ । ट्रम्प र प्रेस सेक्रेटरी सराह स्याण्डर्स विरूद्ध मुद्धा दायर गरिएको छ ।
 
मध्यावधि निर्वाचनमा आफ्ना कारण रिपब्लिकन पार्टीले शर्मनाक हार खेप्नु परेपछि राष्ट्रपति निक्कै बिचलित भएको टिप्पणी सञ्चारमाध्यमहरूमा भैरहेको छ । केही दिन अघि मात्र उनले अटर्नी जनरल जेफ सेसनलाई पदमुक्त गरेका थिए । अबको निशाना चिफ अफ स्टाफ जन केली र होमल्याण्ड सेक्रेटरी क्रिस्टीन नेल्सन पर्ने समाचार अहिले बाहिर आएको छ ।
 
बुधबार सुनुवाइ सुरू भएकोमा अाज बिहीबार फैसला हुने जनाइएको छ ।  तस्बिर: सामाजिक संजाल