मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बजेट छर्ने प्रचलनले देशमा समृद्धि आउँदैन : मन्त्री जम्मकट्टेल

बजेट छर्ने प्रचलनले देशमा समृद्धि आउँदैन : मन्त्री जम्मकट्टेल


हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विकासको नाममा बजेट छर्ने प्रचलनले देशमा समृद्धि नआउने बताएका छन् । 
 
बिहीबार विश्व दण्डहीनता दिवसमा फ्रिडम फोरमले हेटौँडामा आयोजना गरेको कार्यक्रममा मन्त्री जम्मकट्टेलले हाल विकासको नाममा चारैतिर बजेट छर्ने प्रचलनले गर्दा उन्नति गर्न नसकेको प्रष्ट्याए । 
 
हेटौँडामा सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै उनले पत्रकारलाई यसको निम्ति दबाब सिर्जना हुने गरी कलम चलाउन आग्रह गरे । 
 
उनले एक अर्को प्रसङ्गमा सञ्चार ऐन प्रदेशसभामा पेश भएकोले संशोधन गर्नुपर्ने विषयमा बसेर छलफल गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गरे । 
 
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पाटन उच्च अदालत वार हेटौंडाका अध्यक्ष युवराज गौली, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, फ्रिडम फोरम प्रदेश ३
संयोजक राममणि दाहाललगायतले मुलुकी संहितामा संशोधन गर्नुपर्ने विषयमा आफूहरुले सुझाव दिएकोले अझै छलफल गर्नसमेत आग्रह गरे । 
 
उनीहरुले लोकतन्त्रमा प्रेस स्वन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा देशभर मारिएका ३६ जना पत्रकारहरुको विषयमा वृत्तचित्र प्रस्तुत गरिएको थियो