मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीन र भारत दुवै देशसँग सम्बन्ध राख्छौँ : डा भट्टराई

चीन र भारत दुवै देशसँग सम्बन्ध राख्छौँ : डा भट्टराई


काठमाडौैँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएका छन् । 
 
रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा सल्लाहकार भट्टराईले राष्ट्रलाई केन्द्रमा राखेर भारत र चीनसँग रहदै आएको ऐतिहासिक, पराम्परागत, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । 
भारतसँग विशेष सम्बन्ध छ वा चीनसँग छैन भन्ने होइन, हाम्रा लागि सबै मुलुकहरु मित्र हुन्, तर स्वाभाभिकरुपमा छिमेकी मुलुकसँग बढी हिमचिम हुन्छ, उनले भने । 
 
सल्लाहकार भट्टराईले भने, “चीन र भारत दुईवटा उदयीमान देशहरुबाट हामीले जति फाइदा लिनुपर्ने थियो लिन सकिरहेका छैनौँ, त्यसका लागि चाहिने अध्ययन अनुसन्धान अझै हुन सकेको छैन, यी सबै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।”
 
डा भट्टराईले चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा जतिसक्दो चाँडो चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिए । उनले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति र प्रधानमन्त्रीबाट भ्रमणको निम्तोसमेत भइसकेको उल्लेख गरे । 
 
सल्लाहकार डा भट्टराईले नेपाल र भारतसँग सम्बन्धीत विषयमा अध्ययन गरेर तयार गरिएको प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन छिट्टै कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरे ।