मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल


पर्सा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । 
 
प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काँग्रेस पर्साले बिहीबार वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।” 
 
उनले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे । 
 
नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको बताए । उनले सरकार गठन भएको छ महिना बिते पनि सरकारले जनतालाई राहत दिनुको सट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निराशा भएको टिप्पणी गरे । 
 
नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गरेका थिए ।