मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीले बनाए ‘साली’ लाइ राजदूत

प्रधानमन्त्रीले बनाए ‘साली’ लाइ राजदूत


काठमाडौँ । नेपालमा नेताहरुले विभिन्न नियुक्तिहरुमा नातावाद हेरिने परम्परा नौलो होइन । विशेषगरी विभिन्न देशको राजदूत नियुक्त गर्दा नातावाद हावी भएका घटनाहरु बाहिर आउने गरेका छन् । 
 
यस्तैमा अहिलेसम्मकै बलियो भनिएको ओली सरकार पनि नातावादबाट अछुतो रहन सकेन् । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले  'साली' भनेर सम्बोधन गर्ने गरिएकी अञ्जान शाक्यलाई इजरायलको राजदूत बनाएका छन् । तर अञ्जान प्रमं अोलीकी सहोदर साली भने होइनन् । उनी अोली प्रमंकी निकट भनेर चिनिन्छिन् । 
 
सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिनअघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गर्दा इजरायलको राजदूत नियुक्तिबारे पनि सार्वजनिक गरेका हुन् । 
 
सो निर्णयमा इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरिएको थियो । 
 
राजदूतमा सिफारिस शाक्य गायिका हुन् । उनी ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधैँ आफूभन्दा’ बोलको चर्चित गीतकी गायिका हुन् । 
 
साथै, प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् ।