मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा, ३२ अर्ब बढी ऋण

नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा, ३२ अर्ब बढी ऋण


काठमाडौँ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संस्था टाट पल्टन सक्ने जोखिममा रहेको भन्दै सरकारसँग तत्कालै आर्थिक सहायता माग गरेको छ ।
 
संस्थाका अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्यधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । 
 
खरेलले स्वेतपत्रमा भनेका छन् ‘वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२।८७ अर्ब रहेको छ । निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९।८२ रहेकोले निगम उच्च जोखिममा रहेको छ ।’ 
 
कर्जा तिर्नका लागि निगमले वाषिर्क १०.५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने  निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।
 
‘तसर्थ वित्तीय सूचकांकहलाई निगम अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पू्ँजी लगानी भित्र्याई वित्तीय जोखिम न्युनीकरण गरी निगमको विश्वसनीयता कायम गर्नुपर्ने देखिन्छ’ स्वेतपत्रमा भनिएको छ । 
 
निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्याधिक रहेको र वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै आर्थिक सहायता दिनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ ।
 
निगमको बजार खुम्चियो
 
निगमको बजार हिस्सा एक वर्षको अवधिमा करिब दुई प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७३/ ७४ को तुलनामा आव ०७४ / ७५ मा बजार हिस्सा १,८ प्रतिशतले घटेको निगमले जानकारी दिएको छ ।
 
निगमको आन्तरिक तर्फ मात्रै बजार हिस्सा १।३ प्रतिशतले घटेको छ । स्वेतपत्रमार्फत निगमले बजार व्यवस्थापन रणनीति नया्र बनाइ बजार हिस्सा बढाउनुपर्ने ठहर गरेको छ ।
 
निगमको गत साउन र भदौमा ‘सीट फ्याक्टर’समेत ओरालो लागेको छ । तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाएर सीट फ्याक्टर बढाउनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ । 
 
ए ३२० जहाजले जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाढि बढाइएको र जीएसए छनोट कार्य पनि भइरहेको स्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष खरेलले जानकारी दिए ।