मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भर्जिनिया र न्यूयोर्कमा अमेजनको दोस्रो हेडक्वाटर

भर्जिनिया र न्यूयोर्कमा अमेजनको दोस्रो हेडक्वाटर


सियाटल (अमेरिका) । झण्डै डेढ वर्षसम्म बिभिन्न सिटीहरूसँग बार्गनिङ गरेर थप सुविधाको अपेक्षा गर्दै अएको अनलाइन शपिङ साइट अमेजनले भर्जिनिया र न्यूयोर्कमा दोस्रो मुख्य कार्यालय बनाउने सार्वजनिक गरेको छ ।
 
मंगलबार बिहान अमेजनले भर्जिनियाको अर्लिङटन र न्यूयोर्कको लङलाइल्याण्डमा दोस्रो हेडक्वाटर बनाउने सार्वजनिक गरेको हो । 
 
झण्डै ५० हजार रोजगारी थपिने र त्यसबाट सिटीको अार्थिक कृयाकलाप बढ्ने भएपछि अमेरिकाका दुइसय ३८ सिटीले अमेजनसँग अफ्नो ठाउँमा दोस्रो हेडक्वाटर बनाउन प्रस्ताव राखेका थिए ।
तर सबैलाइ चकित बनाउँदै अमेजनले यी दुइ ठाउँ छनाैट गरेको हो । यी शहरहरूले करमा छुट निकै भारी रूपमा दिएर तानेको अनुमान गरिदैछ । अमेजनले दुबै ठाउँमा २५/२५ हजार लाइ थप रोजगारी दिइने घोषणा गरेको छ । 
 
न्यूयोर्क र भर्जनियामा अमेजनको प्रवेशले स्थानीय साना तथा मझाैला व्यबसायी भने मर्कामा पर्ने भएका छन् । अमेजनले नोभेम्बरदेखि प्रतिघण्टा न्यूनतम १५ डलर दिन थालेको छ । तर साना व्यबसायीले त्यति दिन नसक्ने भएपछि कामदार नपाउने चिन्ता व्यक्त गरेका छन् ।