मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मातृभूमिको निम्ति नेपालीको ग्लोबल अभियान

मातृभूमिको निम्ति नेपालीको ग्लोबल अभियान


न्यूयोर्क (अमेरिका) । हामी नेपाली ग्लोबल नामक संस्थाले यही नोभेम्बर २४ मा न्यूयोर्कमा विशेष कार्यक्रम तथा योजना सार्वजनिक गर्ने भएको छ । 
भाषा, धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित परम्परालाई तोड्दै स्वतन्त्र भावनाले संगठित भएका संसारभरिका नेपालीहरुको संस्था हामी नेपाली ग्लोबलले समृद्ध मातृभूमि निर्माण अभियानमा लाग्ने जनाएको छ । त्यसैका लागि न्यूयोर्कमा विशेष भेला तथा घोषणा कार्यक्रम गर्न लागिएको लसएन्जलसका सामाजीक अभियन्ता टेक लामाले जानकारी दिएका छन् । 
 
लामाका अनुसार धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित मानसिकता तोड्दै मातृभूमिको सेवामा समर्पित हुन संसारभरिका विभिन्न क्षेत्रका विज्ञ नेपालीहरु संलग्न रहेको सामाजिक संस्था हामी नेपाली ग्लोबल अभियान सुरु गर्न लागिएको हो । यस संस्थाको उध्येश्य संसारभरिका प्रबुद्ध नेपालीहरु संस्थाको अभियानमा जोडिएको र इच्छुक प्रवाशी नेपालीहरु यो अभियानमा संलग्न हुन सक्ने उनले बताए ।
 
लामाले संसारभरिका प्रबुद्ध नेपालीहरुलाई हामी नेपाली ग्लोबल अभियानमा जोडिएर मातृभूमिको हितमा काम गर्न आग्रह गर्दै आगामी नोभेम्बर २४ तारिखका दिन विश्वको आर्थिक राजधानी न्युयोर्क शहरमा आयोजना हुने संस्थाको पहिलो नेतृत्व चयन सार्वजनिकीकरण कार्यक्रममा सहभागिताका निम्ति सबैसँग अनुरोध गरेका छन् ।
 
प्रवाशी नेपालीको हितमा सामुहिक लगानीको अवसर, संभावना र मातृभूमिको हितमा लगानी र लोककल्याणको कार्य संचालन गर्न नेपाल सरकार र त्यसका निकायसँग समन्वय सुरु गरिसकिएको र प्रवाशी नेपालीको विदेश स्थित संघ संस्थासंग साझेदारीको पहल समेत सुरु भैसकेको छ । संस्थाले प्रवाशमा रहेर ज्ञान, शिप र दक्षता हाँसिल गरेका प्राज्ञ, विज्ञ र प्राबिधिक जनशक्तिलाई यो अभियानमा जोडिन आव्ह्वान गरेको छ । 
 
संस्थाले विदेशमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा जोड्न र सामाजिकिरणको अभियान सुरु गर्न विश्वव्यापी संजाल निर्माण गर्दै अमेरिकी राज्यहरु र सम्बन्धित देशहरुमा च्याप्टर निर्माणको प्रक्रिया समेत सुरु गरिने लक्ष्य राखेको छ ।