मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यार्थी नेता पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन

विद्यार्थी नेता पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन


रुपन्देही । सरकारको विरोध गर्दै बुटवलको मिलनचोकमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका छाया पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
 
सोमबार साँझ बुटवलको मिलनचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेपछि पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेमा एक जना विद्यार्थी नेता पक्राउको विरोधमा सोमबार देशव्यापी विरोध कार्यक्रमअन्तर्गत बुटवलमा ओलीको पुत्ला दहन गरेलगत्तै नेविसंघका पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । 
 
बुटवल बहुमुखी क्याम्पसमा पुत्ला दहनको तयारी गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन भई प्रहरीले क्याम्पस घेरेपछि केही विद्यार्थीले मिलनचोकमा आएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए ।
 
यस्तै, प्रधानमन्त्रीको तस्बिर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालार्इ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
 
मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकाल प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका थिए । 
काठमाडौँस्थित वाल्मिकी विद्यापीठका नेविसंघसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । 
 
सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले देशका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेको छ ।