मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नोभेम्बर १८ तारिक यूलेसमा शुभकामना कार्यक्रम हुँदै

नोभेम्बर १८ तारिक यूलेसमा शुभकामना कार्यक्रम हुँदै


ड्यालस (टेक्सस) – बिदा हुँदै गरेका दशैँ/तिहार, छठ र अन्य नेपाली पर्वहरू तथा अाउँदै गरेका थ्यांक्स गिभिंग लगायत अमेरिकी पर्वका  अवसरमा हिमालयखबरले आउँदो नोभेम्बर १८ तारिक अाइतबार ड्यासलमा शूभकामना अादान प्रदान कार्यक्रम हुने भएको छ । 
 
उक्त दिन दिउँसो २ बजे बेडफोर्डस्थित फिस्टेल रेस्टुँरामा सो कार्यक्रम हुन लागेको हो । 
 
युलेस सिटीका मेयर लिन्डा मार्टिनको प्रमुख आतिथ्यमा, स्थानीय सिटी काउन्सिलका सदस्यहरु, अमेरिकी राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । ‘अमेरिकामा रहेका नेपाली समुदाय र स्थानीय जनप्रतिनिधिहरुबीच आपसी निकटता, हार्दिकता कायम गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो,’ हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले भने । 
 
कार्यक्रममा भरखरै युलेस सिटीमा पार्क तथा लिजर बोर्डमा मनोनयन हुनुभएकी इशा शर्माको समेत स्वागत गरिनेछ । 
 
ड्यालस तथा फोर्टवर्थको सेरोफेरोमा रहेका नेपाली समुदायका सदस्यहरुलाई सहभागिताका लागि हिमालय खबर हार्दिक अनुरोध गर्दछ । 
 
बियरक्रिक पार्क, यूलेसमा कार्यक्रम अायोजना गर्ने पूर्व निर्धारित कार्यक्रम भएपनि त्यस दिन माैसम निकै चिसो हुने भएकाले कार्यक्रमस्थल परिवर्तन गरिएको हो ।