मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सान्नानीको भट्टी

सान्नानीको भट्टी


सन्नानीको भट्टीमा एक दुई बोतल लाउँ साथी 
कोदाको झोलसँग कुखुराको खुट्टा खाउँ साथी
 
दालमोठ र भट्मासले बेग्लै स्वाद दिने गर्छ
लठ्ठिएको आवाजमा दुई चार शब्द गाउँ साथी
 
केहि स्टिल थपेपछी जीउ रम्म हुन्छ जब
कागतिको टुक्रा खाँदै घरतिर जाउँ साथी
 
भोलिपल्ट उठ्दाखेरी टाउको धेरै दुख्ने गर्छ 
अलिकति भात खाइ फेरि यतै आउँ साथी 
कागतिको टुक्रा खादै घरतिर जाउँ साथी !
 
पिपल्टार, नुवाकोट