मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियाको बारमा भएको गोलीकाण्डमा १२ को निधन

क्यालिफोर्नियाको बारमा भएको गोलीकाण्डमा १२ को निधन


हिमालयखवर संवाददाता
लसएन्जलस (अमेरिका) – दक्षिण क्यालिफोर्नियाको थाउजण्ड ओक्समा रहेको बोर्डरलाइन बार एण्ड ग्रीलमा अन्धाधुन्ध गोली चल्दा बुधबार राति १२ जनाको निधन भएको छ ।
 
उक्त घटनामा गोली हान्ने व्यक्ति समेत मारिएको सञ्चारमाधयमहरुले जनाएका छन् । उक्त बारमा सयौं व्यक्तिहरु मनोरञ्जनका लागि जम्मा भइरहेको समयमा अन्धाधुन्द गोली हानिएको थियो ।
 
थाउजण्ड ओक्स सिटी क्यालिफोर्नियाको लसएन्जलसबाट ४० माइल पश्चिम तर्फ छ । यो सिटीको जनसंख्या एकलाख ३० हजार रहेको छ । घटनामा दर्जनौ व्यक्तिहरु घाइते भएको सिएनएनले जनाएको छ । 
 
हमलाकारीले सुुरुमा गेटमा रहेका बाउन्सरमाथि गोली हानेका थिए । त्यसपछि क्यासिएर महिलामाथि गोली हानेकार थिए । बोर्डरलाइन बार स्थानीय भन्टुरा काउन्टीको सबैभन्दा ठूलो डान्स हल सहितको लाइभ म्युजिक हुने स्थल हो । बुधबार यो बारमा ‘कलेज कन्ट्री नाइट’ भैरहेको थियो ।
 
अमेरिकामा सहज रुपमा बन्दुक राख्न पाउने कानुनले गर्दा दिनहुँ जसो घटनाहरु हुँदै आएका छन् । तस्बिर: सामाजिक संजाल