मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका मध्यावधि निर्वाचन

अमेरिका मध्यावधि निर्वाचन


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा संसदका लागि भएको निर्वाचनका प्रारम्भिक नतिजाहरु मिश्रित खालका आएका छन् । डेमोक्र्याट पार्टीले अनुमान गरेअनुसार विजयी हुन सकेन । मंगलवार साँझ १० बजेसम्मको नतिजा अनुसार तल्लो सदन मानिने कंग्रेसमा डेमाक्र्याट पार्टीको बहुमत हुने सभावना देखिएको छ । सिनेतमा भने सत्तारुढ पार्टी रिपव्लिकनकै बहुमत कायम भएको छ ।
 
टेक्ससमा सिनेटर टेड क्रुज पुन चयन भएका छन् । उनले प्रारम्भिक नजिता पछि नै विजयी भाषण गरेका थिए । डेमोक्र्याट पार्टीले दुई स्थानमा आफ्ना पकड गुमाउँदा सिनेटमा बहुमत हुने सम्भावना समाप्त भएको हो ।
 
टेक्ससमा भने गभर्नर पदमा रिपव्लिकन पार्टीकै अग्रता छ । सञ्चारमाध्यमले वर्तमान गभर्नरले जित्ने ग्रेग अवाटले नै जित्ने घोषणा गरेका छन् ।
 
कोलोराडोमा जेरार्ड पोलिस गभर्नर बन्ने प्रारम्भिक नतिजाले देखाएका छ । उनी अमेरिकाको इतिहासमा पहिलो घोषित समलिंगी गभर्नर हुने भएका छन् । जेरार्ड नेपालसँग पनि निकट मानिन्छन् । निर्वाचनका नतिजाहरु आउने क्रम जारी छ । बिहानसम्म पूर्ण नतिजा आउने छ । तस्बिर : सामाजिक संजाल