मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मुलका ह्यारी भण्डारीले जिते

नेपाली मुलका ह्यारी भण्डारीले जिते


हिमालयखवर संवाददाता
मेरिल्याण्ड (अमेरिका)- मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट सदश्यका लागि मगंलवार भएको निर्वाचनमा नेपाली मुलका अमेरिकी ह्यारी भण्डारी विजयी भएका छन् । तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दास्रो स्थानमा आई जित हासिल गरेका हुन् ।
 
प्रारम्भिक मतगणनामा उनी दोस्रो स्थानमा परेका थिए । यो अन्तिम सम्म पनि कायम रहंदा ह्यारी सजिलै विजयी भएका थिए । मेरिल्याण्डमा ह्यारीको चुनावी अभियानलाई सघाईरहेका पत्रकार गौतम दाहालले उक्त जानकारी दिएका हुन् । ह्यारीको पक्षमा २०  हजार ९  सय ७७  मत पाएका थिए ।
 
ह्यारी हाउस अफ डेलिगेट क्षेत्र ८ मा डेमोक्र्याट पार्टीवाट उम्मेदवार थिए् । उनको यो जितसंगै अमेरिकी राजनीतिमा सवैभन्दा माथिल्लो पदमा निर्वाचित हुने उनी पहिलो नेपाली अमेरिकी भएका छन् ।