मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मुलका ह्यारी भण्डारीको जित्ने संभावना वलियो

नेपाली मुलका ह्यारी भण्डारीको जित्ने संभावना वलियो


हिमालयखवर संवाददाता
मेरिल्याण्ड(अमेरिका)- मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट सदश्यका लागि मगंलवार भएको निर्वाचनमा नेपाली मुलका अमेरिकी ह्यारी भण्डारीले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा उनी दोस्रो स्थानमा परेका हुन् । उक्त क्षेत्रमा तीन जना निर्वाचित हुन्छन् ।
 
ह्यारी हाउस अफ डेलिगेट क्षेत्र ८ का उम्मेदवार हुन् । उनले जितेभने अमेरिकी राजनीतिमा सवैभन्दा माथिल्लो पदमा निर्वाचित हुने उनी पहिलो नेपाली अमेरिकी हुने छन् ।
 
मेरिल्याण्डमा ह्यारीको चुनावी अभियानलाई सघाईरहेका पत्रकार गौतम दाहालका अनुसार १४ वटा वुथको मतगणना गर्दा ह्यारीको पक्षमा १३ हजार ६ सय ९६ मत आएको छ । पहिलो स्थानमा आएका उम्मेदवार भन्दा ह्यारी २ सय मतले मात्र पछाडी छन् । यो प्रारम्भिक नतिजा कायम भए ह्यारी सजिलै चुनाव जित्ने छन् ।