मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा निर्वाचन हुँदै

अमेरिकामा निर्वाचन हुँदै


हिमालयखवर संवाददाता
अमेरिका- 
अमेरिकी मतदाताले संसद र ३६ स्थानमा राज्य प्रमुख गभर्नरका लागि मंगलवार आज मतदान गरिरहेका छन् । यो निर्वाचनले प्रतिनिधि सभा भनिने कांग्रेस प्रमुख दुई पार्टी मध्ये रिपब्लिकन वा डेमोक्र्याट मध्ये कसको बहुमत हुन्छ भन्ने निर्धारण गर्ने छ । ४३५ कांग्रेस सदस्यका लागि निर्वाचन भईरहेको छ । बहुमतका लागि २१८ कांग्रेस सदस्य हुनुपर्छ ।
 
अहिले कांग्रेसमा रिपब्लिकन पार्टीको बहुमत छ । पहिले भन्दा २३ स्थान बढाउन सक्यो भने मात्र डेमोक्र्याट पार्टीको बहुमत हुन्छ ।
 
यस पटकको मध्यावधि निर्वाचन विगतमा भन्दा बढी चर्चामा छ । यो निर्वाचनमा कांग्रेसमा डेमाक्र्याट पार्टीले जित्यो भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफुले चाहेजस्तो कानुन ल्याउन कठिन हुनेछ । राष्ट्रपति ट्रम्पले कयौं विवादस्पद विषयमा कानुन ल्याउने अभिव्यक्ति दिएकालेपनि यो निर्वाचन चर्चाको केन्द्रमा रहेको हो ।
 
यो निर्वाचनमा स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेशन मुख्य मुद्दा भएका छन् । यी मुद्दामा मुख्य प्रतिद्धन्दी पार्टी रिपब्लिकन र डेमोक्र्याट चुनावी मैदानमा छन् । हात्ती र गधा चुनावी चिन्ह् भएका यी दुई पार्टीवाहेक अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
 
अहिले कांग्रेस र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । राष्ट्रपति ट्रम्पपनि रिपब्लिकन पार्टीलाई नै प्रतिनिधित्व गर्छन ।
 
कांग्रेसमा अहिले २३५ सदस्य रिपब्लिकन छन् । डेमोक्र्याटको सदस्य संख्या जम्मा १९३ छ । ७ पद खाली छन् । कांग्रेस सदस्य प्रत्येक २ बर्षका लागि चुनिन्छन् ।
 
सिनेटमा प्रत्येक राज्यवाट २ जनाका दरले ५० राज्यवाट एकसय जना छानिन्छन्  । माथिल्लो सदन मानिने सिनेटमा अहिले रिपव्लिकन पार्टीकै बहुमत छ । त्यहाँ अहिले ५१ जना सिनेटर रिपब्लिकन पार्टीका छन् । ४७ डेमोक्र्याट सिनेटर छन् । २ जना स्वतन्त्र सिनेटर रहेका छन् । सिनेटरको पदावधी ६ बर्षको हुन्छ ।
 
स्वास्थ्य बीमा, इमिग्रेशन जस्ता क्षेत्रमा डेमोक्र्याट केही उदार मानिन्छ । यी मुद्दामा रिपव्लिकन र डेमोक्र्याट पार्टी बीच ठूलो धु्ब्रीकरण  छ । त्यसले अहिलेको निर्वाचनमा डेमोक्र्याट पार्टीले जित्यो भने राष्ट्रपतिलाई आफ्नो अनुदार नीतिहरु कार्यान्वयन गर्न कठिन हुनेछ । यही कारण अहिलेको निर्वाचन राष्ट्रपतिका लागि प्रतिष्ठाको विषय भएको हो । 
 
नेपाली समुदायमा बढ्दो चासोः 
यो निर्वाचनमा नेपाली समुदायको चासोपनि वढ्ेको छ । समाजिक संजालमा सयौं नेपालीले भोट हाल्न अभिप्रेरित गर्दै सन्देशहरु पठाईरहेका छन् । कयौंले मैले भोट दिए भन्ने सन्देश पनि प्रेशित गरेका छन् । समाजिक संचालले अमेरिकी राजनीतिमा नेपालीको सकृयता वढ्दो क्रममा रहेको देखाउँछ । केही नेपालीहरु निर्वाचन अभियानमा पनि होमिएका छन् ।
 
मेरिल्याण्ड राज्य विद्यायक सदस्यका लागि ह्यारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन् । डेमोाक्र्याट पार्टीका ह्यारीको राजनीतिक भाग्यको फैसलापनि आजै साँझ हुने छ । नेपाली भाषी (नेपाली र भुटानी) करिव एकलाख मतदाता रहेको अनुमान छ ।
 
कोलोराडोमा सुरेन्द्र श्रेष्ठ, नारायण श्रेष्ठ, टेक्ससमा प्रभात दीक्षित, न्यूजर्सीमा शैलेश श्रेष्ठ लगायत कयौं नेपालीले चुनावी अभियानमा समुदायको चासो र सकृता बढाउन तल्लिन थिए । कोलोराडोमा नारायण श्रेष्ठको घरमा दुई तीन पटक अनौपचारिक चुनावी कार्यक्रम समेत भएको थियो  । त्यहाँ कोलोराडोका गभर्नर पदका उम्मेदवार जेरार्ड पोलिसको समेत सहभागिता थियो ।