मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भोली अमेरिकामा मध्यावधि निर्वाचन

भोली अमेरिकामा मध्यावधि निर्वाचन


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकामा भोली मंगलवार मध्यावधि निर्वाचन हुदैँछ । तर, झण्डै तीन करोड १३ लाखले सोमवार बिहानसम्म भोट हालिसकेका छन् ।
 
कैयौं स्थानमा पहिल्यै नै मतहाल्ने सुविधा दिईएकाले मतदाताले सुविधा अनुसार मत हालेका हुन् । घरमा मेल मार्फत प्राप्त मतपत्र हुलाकमार्फत पठाउने व्यवस्था पनि यहाँ छ । अमेरिकामा करिव २३ करोड ५० लाख मतदाता रहेका छन् ।
 
मंगलवार मतदान गर्ने दिन हो । यो मतदानले अमेरिकी संसदमा कसको बहुमत आउँछ यसको फैसला हुने छ । यो निर्वाचनवाट सबै कांग्रेस सदस्य र ३५ जना सिनेटर चुनिने छन् । यस बाहेक ३६ राज्यमा गभर्नरका लागि पनि चुनाव हुदैँछ । यो निर्वाचनमा मुख्य पार्टी रिपब्लिकन र डेमोक्र्याटको भाग्य पनि निर्धारण हुने छ । 
 
कांग्रेसमा बहुमत पाउने पार्टीको बहुमतको नेता छानिने छन् । अहिले संसदमा रायन पाउल बहुमत पार्टीका नेता अर्थात सभामुख हुन् । 
 
यो निर्वाचन मार्फत मतदाताले राष्ट्रपतिलाई उनको कामका आधारमा समर्थन रहेको वा नरहेको जनाउ दिने छन् । सिनेट र कांग्रेसमा राष्ट्रपतिको विपक्षी पार्टी डेमोक्र्याटको बहुमत आयो भने राष्ट्रपतिलाई  आफ्ना नीति कार्यान्वयन गर्न कठिन हुने छ । त्यसैले यो निर्वाचनले धेरै महत्व पाएको हो । राष्ट्रपतिलाई मन पराउने र मननपराउने विच ध्रुविकरण धेरै छ ।
 
यो निर्वाचनमा उम्मेदवार छान्ने वाहेक विभिन्न सुधारहरुमा पनि आफ्नो मत हाल्न पाइने छ । तस्बिर: सामाजिक संजाल