मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वाकफर नेपालबाट संकलित रकमले धुलिखेल अस्पतालमा मेमोग्राम मेसिन राखिने (भिडियो सहित)

वाकफर नेपालबाट संकलित रकमले धुलिखेल अस्पतालमा मेमोग्राम मेसिन राखिने (भिडियो सहित)


हिमालयखवर संवाददाता- 

ड्यालस (टेक्सस) । आगामी दुई सातापछि ड्यालसमा ‘वाकफर नेपाल’ आयोजना हुने भएको छ । वाक फर नेपालबाट संकलन भएको रकम धुलिखेल सामुदायिक अस्पतालमा मेमोग्राम मेसिन खरिद गर्न प्रयोग गरिने जानकारी समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर दिएको छ ।

 
नोभेम्बर १७ तारिक शनिबार बेचमन लेकमा आयोजना हुने वाक फर नेपालमा सहभागी हुन अहिलेबाटै अनलाइन दर्ता गर्न सकिनेछ । कमला शाक्य फाउण्डेसन मार्फत धुलिखेल अस्पताललाई मेमोग्राम मेसिन खरिद गरेर दिइने पत्रकार सम्मेलनमा बताइयो । 
 
यसपटक हुन लागेको वाक फर नेपाल छैठौ श्रृङ्खला हो । यस अघि वाक फर नेपालबाट संकलित रकम नेपालमा बिभिन्न सामाजीक क्षेत्रमा सहयोग गर्दै आएको थियो । कार्यक्रममा आयोजक समितिका तर्फबाट मन्तव्य राख्दै एन्जिला प्रसाईले मेमोग्राम मेसिनले महिलाहरुको स्तनमा हुने क्यान्सर पत्ता लगाउन सहयोग गर्ने भएकोले सहयोग गर्न लागिएको उल्लेख गरिन् ।
 
वाक फर नेपालमा सहभागी हुनका लागि २० डलर शुल्क तोकिएको छ । यसका साथै स्पोन्सरशीप समेत गर्न सकिने जनाइएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका दीपक सिटौला, सुमन कार्की, प्रदीप गिरी लगायतले नेपालमा क्यान्सर पनि भयावह रुपमा देखिएकोले विशेष रुपमा महिलामा हुने स्तन क्यान्सरलाई न्यूनीकरण गर्नका लागि यस पटकको कार्यक्रम केन्द्रित रहने बताए ।
 
नोभेम्बर १७ तारिकमा दिनको १ बजेदेखि सुरु हुने उक्त वाक फर नेपालमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश हुनेछन् । बेचमन लेकको ट्रेलमा झण्डै ५ किलोमिटर हिँडेर कार्यक्रम समापन हुनेछ ।