मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मुख्यमन्त्री पौडेलका लागि आइपुग्यो विद्युतीय कार

मुख्यमन्त्री पौडेलका लागि आइपुग्यो विद्युतीय कार


हेटौँडा । ३ नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार हेटौँडा आइपुगेको छ । 
 
मुख्यमन्त्रीले विद्युत्बाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय कार चढ्न हेटौँडा ल्याइएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा उर्जा मन्त्री वर्षमान पुनले विद्युतीय कार चढिसकेका छन् ।
 
प्रदेश सरकारले आगामी ०८५ सालदेखि काठमाडौँ उपत्यका, चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौती सहरहरुमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ । 
 
प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियानअन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लागेका हुन् ।
 
चीनमा उत्पादन गरिएकोे बीवाईडी कारको मूल्य ५५ लाख रुपैयाँ पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त कारको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ । 
 
२ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ । चिनियाँ कम्पनीका उक्त गाडीहरु नेपालमा सूर्या गुड्स सप्लायर्सले बिक्री गर्ने गरेको छ । 
 
गाडी नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौँडा, त्रिभुवन राजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ । 
 
पहिलो चरणमा हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । 
 
पहिलो चरणमा हेटौँडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौँडालगायत क्षेत्रमा पनि सञ्चालन गरिने छ ।