मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मध्यावधि चुनावमा नेपालीले किन डेमोक्रेटिक दल रोज्ने ?

मध्यावधि चुनावमा नेपालीले किन डेमोक्रेटिक दल रोज्ने ?


अमेरिकाको मध्यावधि चुनावको मतदान गर्न अन्तिम दिन अाउन अब दुइ दिनमात्र बाँकी छ । अर्ली भोटिङको समायावधी समाप्त भैसकेको छ । हिजो शुक्रवार साँझ ७ बजे पछि, चुनाव अगाडी भोट (Early Voting) हाल्ने समय पनि सकियो । 
 
यो चुनावको क्रममा यसपटक हामी मध्ये धेरैलाइ रोमाञ्चित तुल्याएको छ । यसपटक नेपाली समुदायको सहभागिता र सकृयता विगतको भन्दा निकैनै बढेको पनि छ । 
 
मैले समर्थन गरेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूसँग लिएको तथ्यांक अनुसार डालस-फोर्टवर्थ भित्र हाल सम्म औसत २० प्रतिशतले अर्ली भोटिङका क्रममा भोट खसाले । तर लाजमर्दो र रिस उठ्ने कुरा के हो भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका कांग्रेस र एमालेका नेताहरूको नाम मेरो अगाडी भएको भोट नखसाल्नेहरूको सूचिमा अझै छ । तैपनि म अझै के कुरामा आशावादी छु भने उहाँहरूले र साधारण नेपाली अमेरिकी नागरिकहरूले आउने मङ्गलवार नोभेम्बर ६ तारिखको दिन पक्का भोट खसाल्नु  हुनेछ । 
 
अघिल्लो हप्ता सम्प्रेषणले अायोजना गरेको अन्तरकृयामा जनसम्पर्क समिति र प्रवासी मञ्च दुबैका नेताहरूले अमेरिकाको स्थानीय राजनीतिमा लाग्न अावश्यक रहेको, त्यसका लागि तयार भएको भाषण गरे । नेपाली समुदायका लागि यो निकै खुशीको कुरा थियो । 
 
तपाइँलाई अझै-किन भोट खसाल्ने ?  भन्ने मनमा जिज्ञासा छ भने अमेरिकी चुनावमा म किन बिगत ८ वर्ष देखि लागि रहेको छु र के कारणले यसपाली भोट खसाल्नु अत्यावश्यक छ भन्ने बारे मेरो धारणा राख्न चाहन्छु ।
 
– नेपालको प्रजातान्त्रिक आन्दोलनमा मेरो जीवनको महत्वपूर्ण समय खर्च गरेकोले जुनसुकै ठाउँको प्रजातान्त्रिक आन्दोलनमा मेरो समर्थन रहन्छ र रहि रहनेछ ।
 
– मैले ७ वटा देशमा काम गरे र सबै ठाउँमा मेरो प्रजातान्त्रिक आन्दोलनसित सम्बन्ध रह्यो ।
 
– मलाई लाग्छ आफूलाई प्रजातान्त्रिक आन्दोलनको सिपाही ठान्ने सबैले सबै देशको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्नु पर्दछ ।
 
– म अमेरिकामा बस्छु र काम गर्छु । तसर्थ मेरो प्रजातान्त्रिक हकको उपयोग र उपभोग यही गर्ने हो ।  चाहेर पनि नेपालमा गर्न सक्दिन । तसर्थ अमेरिकाको प्रजातान्त्रिक आन्दोलनमा भाग लिनु मेरा लागि अपरिहार्य हो र प्रजातन्त्र प्रतिको मेरो आस्थाको कसी पनि हो ।
 
– अन्तर्राष्ट्रिय प्रजातान्त्रिक आन्दोलनमा अमेरिकाको आफ्नो विशेष प्रभाव छ तसर्थ अमेरिका प्रजातान्त्रिक बाटोबाट नभटकियोस भन्नेमा मेरो पनि चासो छ । 
 
– १९५० देखि नेपालको प्रजातान्त्रिक आन्दोलनको डेमोक्रेटिक पार्टी समर्थक रही आएको हो । पंचायतकालमा नेपालको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा डेमोक्रेटिक पार्टीको प्रगतिशील पक्ष खुला रूपमा नहिचकिचाई उभिएको हो ।
 
– विश्वको कुनैपनि भूभागको स्वतन्त्रता आन्दोलनको समर्थनमा डेमोक्रेटिक पार्टीको प्रगतिशील पक्ष सधैँ उभिएको हो । 
 
– नेपाली जनताको सरोकारको मुख्य बुँदाहरूमा, स्वास्थ्य, शिक्षा, परिवार नियोजन, प्रेस स्वतन्त्रता, अदालतको पारदर्शीता जस्ता विषयहरूमा रिपब्लिकन पार्टी भन्दा डेमोक्रेटिक पार्टीका सरकारहरूले सधैँ सहयोग गरेका हुन् ।  
 
यसपालीको मुख्य मुद्दा के हुन् त? किन भोट खसाल्ने त?
 
प्रजातान्त्रिक पद्धतिको मेरु दण्ड भनेको प्रेस स्वतन्त्रता हो, अहिलेको राष्ट्रपति, अमेरिकी सरकार र रिपब्लिकन पार्टी त्यसको विरोधमा उत्रिएको छ ।
 
प्रजातान्त्रिक पद्धतिको अर्को मरु दण्ड भनेको अदालत हो र अहिलेका राष्ट्रपतिले अदालतको बारम्बार अपमान गरेका छन् र रिपब्लिकन पार्टीका नेताहरूको भाषण सुन्दा उनीहरू राष्ट्रपतिकै पक्षमा छन् ।
 
डेमोक्रेटिक पार्टी आप्रवासी समस्याहरू प्रति सधैँ सकारात्मक रहेको हो । 
 
अहिलेका राष्ट्रपति र रिपब्लिकन पार्टीका नेताहरूले आप्रवासी विरुद्ध विषवमन गरि रहेका छन् ।
 
अहिलेका राष्ट्रपतिले आफ्नो हरेक भाषणमा आफू गोराहरूको मात्र नेता हो भन्ने भान दिई रहेका छन् । मलाई “राष्ट्रपति मेरो पनि हो” भन्ने भावना ममा आओस भन्ने चाहना छ ।
 
अहिलेका राष्ट्रपति र रिपब्लिकन पार्टी सोसियल सेक्युरिटीलाई कटौती गरेर बुढापाकाले जीवन भरि कमाएको र बचत गरेको रकममा दाऊ खेल्न खोजिरहेका छन् । किन त ? अति धनीहरूलाई दिएको ट्याक्स कटौती अझ बढाउनु परेको छ ।
 
अहिलेका राष्ट्रपति र रिपब्लिकन पार्टी जनताले पाएको मेडिकेयर र मेडिकेड जस्ता आधारभूत सुविधाहरूमा व्यापक कटौती गर्ने पक्षमा छन् ।
 
अहिलेका राष्ट्रपति र रिपब्लिकन पार्टी स्कूल र युनिभर्सिटीहरूलाई दिई आएको सहयोगमा व्यापक कटौती गर्ने पक्षमा छन् ।
 
अहिलेका राष्ट्रपतिले अमेरिकालाई विश्वमा एउटा हाँस्यको पात्र र डिक्टेटरमित्रको रुपमा उभाएका छन् ।  
 
त्यसता अरू धेरै मुद्दाहरू छन् जसमा अहिलेका राष्ट्रपति र उनको पार्टी साधारण जनताको बिपक्षमा उभिएका छन् । त्यसैले यो असाधारण चुनावमा भोट खसालेर प्रजातन्त्रको रक्षा गर्न र जनताको पक्षमा उभिनु आम नागरिकको आजको सबैभन्दा मुख्य दायित्व हो ।  
 
अमेरिकी नागरिकता लिनु भनेको अमेरिकी पासपोर्ट बोक्नुमात्र होइन । नागरिक भएपछि चुनावमा भोट हाल्ने, जुरीमा गएर सहभागी हुने, सामुदायीक कृयाकलापमा संलग्नता पनि जनाउनुपर्छ । नभए हामी यहाँको समाज, सिटी, राज्यबाट पछि पर्दै जान्छाैँ । गत साता अर्भिङका मेयर रिक स्टोफरलेले पत्रकार शैलेश श्रेष्ठसँग भनेको एउटा सन्दर्भ यहाँ उल्लेखनीय छ । स्टोफरले भनेका थिए-नेपाली समुदायले सिटी मार्फत हुने सामुदायीक गतिविधि, चुनावका क्रममा मतदान गरेर सकृयता अझै अघि बढाउनुपर्छ । 
 
नेपाली समुदायले अाफ्नो सरोकारलाइ राख्न, त्यसलाइ समाधान गर्न पनि उम्मेदवारसँग भेटघाट बढाउनुपर्छ । उनीहरूसँग निकटता बढाएर अाफ्ना कुराहरू राख्न सकेमा हामी र हाम्रा सन्ततीका लागि हितकर हुनेछ । अन्यथा हामी नेपाली समुदायका सदस्यहरू अाफ्नै समुदायमा मात्र सिमित हुनेछाै । अमेरिकाको मुलधारबाट हामी अाइसोलेटेड हुनपुग्नेछाै । 
 
तसर्थ आउने मङ्गलवार नोभेम्बर ६ तारिखका दिन भोट खसालेर आफ्नो नागरिक दायित्व पुरा गरौं । त्यो दिन बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म मतदान गर्न पाइन्छ । मतदान गर्न जाँदा आफ्नो ड्राइभर लाईसेन्स वा परिचयपत्र भने साथ लैजान नबिर्सनुहोला ।