मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इण्डियानाको टेरेहटमा नेपाली रेस्टुराँ

इण्डियानाको टेरेहटमा नेपाली रेस्टुराँ


हिमालयखवर संवाददाता- 
इण्डियाना (अमेरिका) । ड्यालसका रेस्टुरेन्ट व्यबसायी चिन्तामणि बराल लगायतको समूहले इण्डियाना राज्यको टेरे हटमा हिमालय अरोमाको नाममा नयाँ रेस्टुराँ सञ्चालनमा ल्याएका छन् ।
 
विहीबारबाट सञ्चालनमा आएको उक्त रेस्टुराको स्थानीय सिटीका मेयर डुक बेनेटले उद्घाटन गरेका हुन् । टेरे हटमा यो रेस्टुराँ नेपाली र इण्डियन खाना पाइने पहिलो रेस्टुरा हो । चाइनिज खानाका प्रकार समेत यसमा उपलव्ध हुनेछन् । 
 
‘रेस्टुरेन्ट व्यबसायमा विभिन्न अनुभव भएका हामी चारजना मिलेर यसलाई सञ्चालनमा ल्याएका हौँ,’ लगानीकर्ता बरालले भने । बराले डेढ वर्ष अघिदेखि टेक्ससको बेडफोर्डमा फिस्टेल र मेला रेस्टुरा सञ्चालन गर्दै आएका छन् । अन्य राज्यका संभावित स्थानहरुमा विस्तार गर्ने क्रममा इण्डियाना पुगेको उनले बताए ।
 
लगानीकतार्तामा  चन्दन बुद्धाचार्य, हरि बराल, भुवन सिम्खडा र चिन्तमणि बरालको पार्टनरशीप रहेको छ । यो रेस्टुरेन्टको मुख्य सञ्चालन र व्यबस्थापन भने बुद्धाचार्यले गर्नेछन् ।
‘सानो लगानीमा बिभिन्न राज्यहरुमा रेस्टुरेन्ट सञ्चालन गरेर नेपाली खानाको प्रचार प्रसार गर्ने हाम्रो मुख्य लक्ष्य हो,’ बरालले हिमालय खबरसँग भने । 
 
टेरेहटमा नेपाली समुदायको सानो बस्ती भएपनि भारतीय समुदायको निकै बाक्लो बस्ती छ ।