मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

यो निर्वाचन नेपाली समुदायका लागि पनि महत्वपुर्ण छः सुरेन श्रेष्ठ

यो निर्वाचन नेपाली समुदायका लागि पनि महत्वपुर्ण छः सुरेन श्रेष्ठ


सुरेन्द्र (सुरेन) श्रेष्ठ कोलोराडोमा डेमोक्रेट पार्टीमा सकृय हुनुहुन्छ । अमेरिकामा हुन गईरहेको मध्यावधि निर्वाचनमा पनि श्रेष्ठले उम्मेदवारलाई आर्थिक सहयोग गर्ने देखि विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ ।
 
यो मध्यावधि निर्वाचन अमेरिकाको राजनीतिमा किन महत्वपुर्ण छ ? नेपाली समुदायले किन चासो राख्नुपर्छ ? यसबारेमा श्रेष्ठसँग हिमालयखवरका लागि लिईएको अन्तरवार्ताको संक्षेप ।
 
यो मध्यावधि निर्वाचनलाई तपाईले कसरी हेर्नु भएको छ ?
 
– यो निर्वाचन अमेरिकी राजनीतिका लागि निकै महत्वपुर्ण छ । मगंलवारको निर्वाचनले कांग्रेस र सिनेटमा कुन पार्टी डेमोक्रेट वा रिपब्लिकन कसको बहुमत हुन्छ यो महत्वपुर्ण हो ? अहिले दुवै स्थान अर्थात सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । यदी यो अवस्था परिवर्तन भयो र डेमोक्रेट पार्टीले बहुमत ल्यायो भने राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो लहडमा अगाडी वढ्न अंकुश लाग्छ । चेक एण्ड ब्यालेन्स हुन्छ । इमिग्रेशन मुद्दा हामी सबैको चासोको विषय हो । यो मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संविधानलाई समेत चुनौती दिने खालका अभिव्यक्ति दिएका छन् । यदी डेमोक्रेटले जिते भने राष्ट्रपतिले चाहेजस्तो कानुन ल्याउन सक्ने छैनन् । इमिग्रेशन मुद्दामा डेमोक्रेट पार्टी बढी उदार छ ।
 
अमेरिकाको संविधानमा कांग्रेस र सिनेट, राष्ट्रपति र न्यायापालिका चेक एण्ड ब्यालेन्स गर्ने निकाय हुन् । राष्ट्रपतिलाई आफ्नो लहडमा हिड्न नदिन कांग्रेस र सिनेटको भुमिका हुन्छ । अधिकार छ । यो शक्तिको सन्तुलनका लागि जरुरी छ ।
 
कांग्रेस र सिनेटमा डेमोक्रेटको बहुमत आयो भने के हुन्छ ?
 
– चेक एण्ड ब्यालेन्स अर्थात शक्ति सन्तुलन हुन्छ । राष्ट्रपतिसँग कार्यकारी अधिकार त छ, तर उनी कतिपय निर्णयका लागि कांग्रेस र सिनेटमा जानुपर्छ  । यसबेला फरक पर्छ ।
 
यसबाहेक अहिलेको स्वास्थ्य नीति कम र मध्यम आम्दानी हुनेका लागि फाइदाजनक छैन । दिर्घकालका लागि यी नीतिले फाइदा गर्दैन । परिवर्तन हुनै पर्छ । यसका लागि पनि वासिंटनमा परिवर्तन हुनु जरुरी छ ।
 
यो मध्यावधि चुनावमा नेपालीको चासो कति छ ?
 
नेपालीहरुको धेरैनै चासो छ । अहिलेको निर्वाचनका मुख्य मुद्दा स्वास्थ्य बीमा, इमिग्रेशनसँग हामीपनि प्रत्यक्ष जोडिएका छौं । नेपालीले पाएको टीपीएस नविकरण भएन, हजारौं नेपालीलाई असर परिराखेको छ । इमिग्रेशन मुद्दामा पनि हामी उदार नीति चाहान्छौं । तर, अहिलेको ह्वाइट हाउस प्रशासन इमिग्रेशन मुद्दामा कडा हुन खोजिरहेको छ । हाम्रो नेपाली समुदाय न्यून र मध्यम आम्दानी हुने वर्गमा पर्छ । स्वास्थ्य बीमा लगायतका क्षेत्रमा पनि हामी सर्वसुलभ होस भन्ने चाहन्छौं । यसैले यो निर्वाचनमा नेपालीको चासो भएको हुनुपर्छ ।
 
तपाई कोलोराडोमा बस्नुहुन्छ ? यहाँको अवस्था के छ ?
 
कोलोराडोमा गभर्नर पदका लागि डेमोक्रेट पार्टीवाट जेरार्ड पोलिस उठ्नु भएको छ । उहाँ नेपाल र नेपालीको हितैषी हो । कांग्रेसमा नेपाललाई सहयोग गर्न गठन भएको नेपाल ककसको उहाँ सहसंयोजक पनि हुनुहुन्छ । मलाई लाग्छ उहाँले जित्नुहुन्छ । जेरार्ड पोलिस अहिले नेपालको घरमा तीनपटक आएर नेपाली समुदायसँग भेटघाट गर्नु भयो । यो पनि सकरात्मक कुरा हो । उहाँले आफुले जितेमा नेपालको व्यापार पर्यटन बढाउन गभर्नर अफिसमा कार्यालय खोज्ने पटक पटक बताउनु भएको छ । यो नेपालका लागि फाइदाको कुरा को । नेपालमा हाइड्रोमा लगानी गर्न यहाँका लगानीकर्ता जानुपर्छ भन्ने सोच उहाँको छ ।
 
मैले केही दिन अघि जेरार्डर्ला सोधेको थिए । तपाई गभर्नर भएपछि नेपाल ककसमा को सहसंयोजक हुन्छ भनेर । उनले यसका लागि  नाम पनि तय गरिसकेको छन् । बोल्डरवाट कांग्रेस सदस्य उम्मेदवार जोसेफ (जो) न्यूसेगलाई नेपाल ककसमा बस्न अनुरोध गरिसकेको उनले मलाई बताएका थिए । जोसेफ युवा र निकै डायनामिक नेता हुन् । मलाई उनको कुरा सुन्दा अर्को बाराक ओबामा जस्तै लाग्छ । जोले जिते भने राम्रो हुन्थ्यो ।