मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लैङ्गिक विभेद् अन्त्य गर्न बेटी पढाउ, बेटी बचाउ अभियान

लैङ्गिक विभेद् अन्त्य गर्न बेटी पढाउ, बेटी बचाउ अभियान


जनकपुरधाम । दीनानाथ भगवती समाज कल्याण गुठीले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पाँच जना महिलालाई पुरस्कृत र चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ । 
 
पुरस्कृत हुने महिलामा एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्रा अञ्जली यादव, चेतनामूलक अभियानी शुभद्रा आले, कला, नृत्य र सङ्गीततर्फ सारथी लामा, पत्रकारितातर्फ नेहा झा तथा साहित्यतर्फ पुनम झा मैथिल रहेको छ । 
 
उत्कृष्ट छात्रा पुरस्कारको राशि रु २१ हजार तथा अन्य पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । त्यस्तै सम्मानित हुनेमा स्वच्छता अभियानी रामअशिष यादव, असहाय मञ्चका वैद्यनाथ साह, स्वर्गद्वारी अभियानी पवन सिंहानिया र अनाथ बालबालिका सेवी सत्यनारायण आलोक रहेको छ । 
 
सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाप्रति समाजमा जागरण ल्याउनु जरुरी रहेको भन्दै छोरीमाथि विभेद् जारी रहेका कारण समाजको विकास हुन नसकेको बताए । 
 
प्रदेश सरकार लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको उल्लेख गर्दै उनले समाज परिवर्तनका लागि स्वयंमा परिवर्तनको आवश्यकता रहेको बताए । 
 
मुख्यमन्त्री राउतले छोरीको जन्म हुँदा रोदन, पश्चताप, पीडा बोध गर्ने रुढीवादी चिन्तनको अन्त्य गर्नु जरूरी छ भने । 
 
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सामाजिक कार्यमा राजनीति गर्न नहुने धारणा व्यक्त गरे । 
 
गुठीका अध्यक्ष भोलानाथ महतोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गुठीका सचिव रामभरोस कापडिले गुठीले लिएको महिला सशक्तिकरणको उद्देश्य प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई सशक्त बनाउनमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।