मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियाको योसेमाइट नेशनल पार्कमा सेल्फी लिँदा भारतीय जोडीको मृत्यु

क्यालिफोर्नियाको योसेमाइट नेशनल पार्कमा सेल्फी लिँदा भारतीय जोडीको मृत्यु


हिमालयखवर संवाददाता-
क्यार्लिफोनिया (अमेरिका) I क्यार्लिफोनियाको योसेमाइट नेशनल पार्कका सेल्फी फोटो लिँदा डिलबाट खसेर भारतीय दम्पत्तीको ज्यान गएको छ ।
 
पार्कको डिलवाट अाठसय फिट तल खस्दा ती दम्पत्तीको निधन भएको हो । एशोसियट प्रेसका अनुसार डिलवाट खस्नु अघि ती दम्पत्तीले सेल्फी लिईरहेका थिए  । सेल्फी लिने क्रममै दुर्घटना भएको अनुमान गरिएको छ ।
 
निधन हुनेमा २९ बर्षका विष्णु विश्वनाथ र उनी पत्नी ३० बर्षिय मीनाक्षी मूर्ति रहेको जनाईरहेको छ । यो घटना गत अघिल्लो सोमबार भएको थियो ।
 
विष्णुका भाई जिष्णुले फक्स न्यूजसँग डिलवाट खस्नु अघि सेल्फी दिएको देखेको बताए । उनका अनुसार सेल्फी फोटो लिनुअघि उनीहरुले आफ्नो ट्राईपोड मिलाएका थिए ।
 
उनीहरू डिलबाट खसेपछि दुरबीन र हेलिकप्टर प्रयोग गरेर ती दम्पत्तीको शव निकालिएको थियो । उक्त डिल फोटो खिच्नेका लागि चर्चित स्थान थियो । तर, त्यहाँ कुनै छेकबार थिएन ।
 
पार्क प्रवक्ता जेमी रिचर्डसले भने ती दम्पत्तीको मृत्युको कारण पत्ता नलागिसकेको वताएका छन् । कसरी उनीहरु डिलबाट तल झरे यसवारेमा पत्ता लगाउन अनुसान्धान भईरेहेको छ उनले भने । मृतक दुवै जना इन्जिनियरिङ्गका विद्यार्थी भएको बताईएको छ । उनीहरुले मृत्यु अघि आफ्नो रमोञ्चक यात्राका बारेमा फेसबुकमा फोटोहरु हालेका थिए ।
 
अल इण्डिया मेडिकल सान्इस द्धारा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार सन् २०११ अक्टोबर देखि नोभेम्बर २०१७ सम्म सेल्फीका कारण २५० जना भन्दा वढीले ज्यान गुमाएका छन् ।
 
तस्बिर: सामाजिक संजाल