मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा फेरि गोलीबारीमा चारको मृत्यु एक दर्जन घाइते

अमेरिकामा फेरि गोलीबारीमा चारको मृत्यु एक दर्जन घाइते


हिमालयखवर संवाददाता-
अमेरिकाको पेन्सलभेनिया राज्यको पिट्र्सवर्ग स्थित ट्री अफ लाईफ स्यानगगमा शनिवार विहान एक सन्काहाले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । गोलीवाट करिब एक दर्जन घाइते भएको स्थानिय प्रहरीले जनाएको छ ।
 
गोली चलाउनेलाई पिटसवर्ग प्रहरीले घेरा हालि पक्राउ गरेको संचारसंस्था सीएनएनले जनाएको छ । गोली प्रहार गर्ने  व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको थियो ।
 
सानो पुरातवादी वस्ती रहेको उक्त स्थानमा गोली चलेपछि त्यहांको प्रहरीले स्थानियलाई घर भित्रै रहन भनेको थियो ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यो घटना प्रति आफू जानकार रहेको बताएका छन । पेन्सलभेनियाका गभर्नर टम वोल्फले त्यहाँ संवेदनशील स्थित सृजना भएको र प्रहरीले सहयोग गरिरेको बताएका छन् । तस्बिर: सामाजिक संजाल