साहित्य / विविध / फिचर

डियर क्रस

457 पटक पढिएको

- श्रद्धा श्रेष्ठ

27th Oct 2018, Saturday | २०७५ कार्तिक १०, शनिबार ०९:११
१२ को जाँच सकिनासाथ सबको पखेटा लाग्छन । रंगीन सपनाहरु पलाउन थाल्छन । आकाश फराकिलो हुन्छ अनि उडान पनि । अब के गर्ने भबिस्य कस्तो बनाउने । अनि सबै भन्दा ठुलो कुरा पैसा कसरी कमाउने ? सुनौलो भबिस्य कसरी कोर्ने ? लागियो रिसर्च गर्न । म अनि मेरो तीनजना बेस्ट फ्रेण्डहरु खोजी गर्न लाग्याै केमा छ पैसा ? अब के पढियो भने राम्रो जागिर पाइन्छ भन्नेबारेमा ।
 
धेरै दिन पछिको सोच विचार पछि हामीले निर्णय गर्याै सिए अर्थात चार्टर्ड एकान्टेन्ट पढ्ने र महिनाको दुइ लाख कमाउने । 
त्यसपछि सुरु भयो हाम्रो सिए पढाउने ठाउँको खोजी। पुतलीसडक देखि बानेश्वरका सबै गल्ली चहारी सकेपछि हामी बागबजारको एउटा अग्लो घरको चार तल्ला माथि पुग्याैँ । महिनाको कति लाग्ने हो र के के पढ्नु पर्छ भनेर बुझाउन त्यो इन्स्टिच्युटको मेनेजिङ डाइरेक्टर बिक्रम सर नै आउनु भयो । 
 
'हेर नानीहरु सिए सजिलो त छैन तर पक्कै गाह्रो पनि छैन,' मिहेनत गरे सकिन्छ भनेर सिए भैसकेपछि पाइने फाइदाको बयान गर्न थाल्नु भयो । त्यो बेलामा कति खेर सिए पढिहालौ जस्तो भयो । 
छ महिनाको पढाईको लागि ५० हजार रूपैयाँ लाग्ने भयो । सुरुको महिना २० हजार तिर्नु पर्ने, बाँकी बिस्तारै । गफैगफमा बिक्रम सरले आफ्नो एक जना बिद्यार्थी भर्खर सिए  भएर आएको सुनाउनु भयो । 'उ आफ्नो अनुभव सुनाउन आउँदै छ, तपाइहरू पनि सुन्नुस,' उहाँले भन्नुभयो ।
 
 म ढोका छेउको सिटमा बसेकी थिए । अनि सँगै सगुन र सुमी । त्यसपछिको पल जे भयो जिन्दगीमा कहिले नभएको कुरा भयो । ढोकाबाट भित्र आएको मानिस मानब नभएर बिजुलीको झिल्का थियो ... चट्याङ जस्तो उज्यालो त्यो झिल्का मिलिक्क यो मनमा बल्यो अनि सारा सरिर सिरिन्ग्गा भएर आयो ।
 
कसरी बर्णन गरौ म । त्यो हास्दा गालामा बस्ने डिम्पल शर्ट र टाइ, मिलेको ज्यान । मिलेको कपाल, हातमा घडी अनि माझी औलामा गोलो औँठी । मैले यो सब एक नजरमा हेर्न भ्याइसकेकी  थिए ।
'हेल्लो मेरो नाम प्रभात .. म भर्खर दिल्लीबाट मेरो सिए सकेर आएको । अहिले म नबिल बैंकमा काम गर्दै छु । भर्खर दुई दिन भयो जोइन गरेको,' उसले मुस्कानको साथ आफ्नो परिचय दियो । अनि उ हाँस्दा उसको माथी पट्टिको दारा देखिदा म त भुतुकै । 
 
'मेरो नाम किरण' । अनि पालै पालो सगुन र सुमीले नि आफ्नो परिचय दिए । उसले आफुले भोगेको कुरा पढेको कुरा सुनाउदै थियो । म उसको मुस्कान र बोलीमा लठ्ठ थिएँ । यही आवाज सुनिरहुँ कतै नजाउँ जस्तो भएको थियो । कहिलेकाही भगवानले साँचो मनले मागेको कुरा पुर्याउनु हुँदो रहेछ । नभन्दै सिमसिम पानी पर्यो .. र एकासी असिना पानी पर्न थाल्यो । एकैछिनमा बागबजार जलमग्न भयो । न त उ जाने आट गर्यो त्यो पानीमा न मेरा दुइ साथीहरु अनि म त के बहाना पारौ र यही बसिरहुँ जस्तो भाको मान्छे ।
 
दुइ घण्टा पछि पानी रोकियो । उसको सारा कुरा पनि सकिए । उ त्यहाबाट निस्कियो । हामी पनि त्यहीँ पढ्ने र दुइ दिनमा ओरियन्टेसनका लागि आउने गरि उ सँगै निस्कियो । जाने बेलामा उसले हामीलाई राम्रो सँग पढ्न भन्दै तल पार्कङमा रहेको मोटरबाइक स्टार्ट गर्यो र आफ्नो बाटो लाग्यो ।
 
मेरो हाउभाउ बदलिएर होला सुमी र सगुनले मलाई जिस्काउँदै थिए । 'के हो प्रश्न माथि प्रश्न सोध्दै थिइस त ?' म अलि रातो हुँदै भने-"मोराको bike number ४४२० रैछ " । कतै त भेटिन्छ होला नि । मेरी दुइवटी साथी मेरो कुरा सुनेर अचम्म मान्दै हाँस्न थाले ।  'यस्लाइ लभ पर्यो, फस्ट साइड लभ,' सुमीले भनि . सगुनले नि हो मा हो थपि । 
 
त्यसपछिका केहि दिन मेरा अाँखाले सडकमा हिँड्दा पनि त्यही ४४२० नम्बर खोज्न थाले । एकदिन टक्क रोकियो आँखा मेरो कलेजको पार्किंग लटमा । त्यहाँ त्यही नम्बरको बाइक थियो ।
 
सुमी र सगुनलाई देखाएँ मैले । हामी तीनै जना कुदेर अफिस कोठामा पुग्याैँ । त्यो अस्तिको मनमा फुलै फुल उमार्ने मान्छे तेही भित्र रहेछ । मेरो खुसीमा मेरा दो रतन साथी पनि खुशी भए । मलाई बोल्न मन थियो तर अफिसमा अरु मान्छे पनि थिए । खुसीले गर्दा मलाई जिन्दगीमा पहिलो पटक बाथरुम जान मन लाग्यो । सुमी र सगुन पानी खान गए । हात धोएर अनि ऐना हेरेँ । आफ्नो आँखामा चमक आएको आफैले प्रस्ट देख्दै थिएँ ।  ढोका खोलेर बाहिर जान मात्र के लागेकी थिए उ त्यहीँ बाहिर पालो कुरिरहेको रहेछ । लाजले मेरो मुख रातोपिरो भयो । अलिकति मुस्कान दिएर म हतार हतार क्लास पुगेँ । अनि सबै कुरा मेरा बेस्टूलाई सुनाएँ । बोल्न नपाएकोमा मन खिन्न पार्दै किताब निकाले । 
 
ढोकाबाट कोहि फेरि चारसय भोल्टको करेन्ट दिँदै आयो । त्यही अस्ति भेटेको प्रभात .. त्यही अस्ति मनमा अनौठो अनुभूति दिएर आधा अधुरा छोडेर गएको मान्छे । गालाको डिम्पल  देखाउँदै उसले भन्यो-'Hi, I am Prabhat and I am your teacher, instructor or professor whatever you want to say.'