मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साउथ क्यारिलोनामा चिठ्ठा किन्नेलाई मेगामिलियन पर्यो

साउथ क्यारिलोनामा चिठ्ठा किन्नेलाई मेगामिलियन पर्यो


हिमालयखवर संवाददाता-
साउथ क्यारिलोना(अमेरिका)  मंगलवार खुलेको मेगामिलियनका ६ वटै जादुमय नम्बर साउथ क्यारिलोनामा चिठ्ठा किन्नेसंग मिलेको छ । यससंगै ति अहिलसम्म परिचय नखुलेका मेगामिलियन चिठ्ठा किन्ने एकै व्यक्तिले अहिलेसम्मकै ठुलो पैसाको मिगामिलियन जितेका छन् ।  यी मेगामिलियनका ६ नम्बरले उनलाई एकाएक डलर अर्वपति वनाएको छ ।
 
ती चिठ्ठा जित्ने व्यक्तिको नाम भने गोप्य छ । मेगामिलियनको पुरष्कार राशी अहिलेसम्मकै सवैभन्दा वढी १ अर्ब ६० करोड डलर पुगेको थियो ।
 
करोडौको ढुकढुकी भईरहेको वेला मंगलवार खोलिएको उक्त च्ठ्ठिामा ५, २८, ६२, ६५, र ७० नम्बर निस्किएको थियो । मेगा बल ५ निस्कियो ।
 
विगत २५ पटक खुल्दा पनि कसैको पनि उक्त जादुमय नम्बर नमिलेकाले मेगामिलियनको रासी सर्वाधिक भएको थियो । तर मंगलवार यो श्रृखला रोकियो ।
 
तर, निराश नहुदां हुन्छ । अझै पावर बल को नतिजा आउन भने बांकी छ । पावर बलको पुरष्कार रकम पनि ६२ करोड डलर पुगेको छ । यो वुधवार खुल्छ । फोटो: सामाजिक संजाल