साहित्य / विविध / फिचर

पुस्तकालय र जीवन

271 पटक पढिएको

- पुजा वागीश

20th Oct 2018, Saturday | २०७५ कार्तिक ३, शनिबार ०८:०६

 

'कृपया शान्त रहनुहोला' भनि

पढ्दै प्रबेश गरेका उसका नजर

दराजमा सजिएका पुस्तकहरुमा यसरी

आक्रमण गर्दै थिए कि...

उ आवरण हेरेर पुस्तक रोज्दै थियो

अनि पुस्तक रोजेर जीवनका परिभाषाहरु खोज्दै थियो..।

 

मौनतालाई चिरफार गर्दै

जिज्ञासाहरुले पहाड झै थुप्रै

प्रश्नहरुका बिज उब्जाइरहेका थिए

खैलाबैला मच्चाइरहेका थिए

फरक आकृती,फरक रङ्ग ..

अनि फरक शिर्षकहरुमा

उ जिवनका फरक फरक

स्वरुपहरु दाजिरहेको थियो...।

 

जीवन पुस्तकालय हो र

जीवनयात्रामा भेटिएका यात्रुहरु

आवरण भित्रका पुस्तकहरुजस्तै...

जसले केही न केही सिकाइरहेका हुन्छन्

भेटिदा, छुटिदा, राम्रा अनि नराम्रा...।

 

त्यस्तो शुन्यता, जहाँ घन्टौसम्म हराइरहेका

समयका घण्टीहरु हराइरहन्छन

भित्र-भित्रै,परपर

निकै अबेरसम्म ..

तरपनि उ जीवन खोजिरहेको हुन्छ...

अलमलमा.....

तर भेट्टाउने झिनो आशामा....।

 

- युलेस, टेक्सस