मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा


पोखरा । नेपालीको महान चाड बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । 
 
दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । 
 
सशस्त्र प्रहरी बलको व्यानरसहितको लामापाटनबाट बिहान १० बजेदेखि छुट्ने दुई बस पोखराका अमरसिंह, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ । 
 
दशैँको अवधिभर हुनसक्ने कुनै पनि जोखिमका लागि तालीम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने योजना रहेको बताउँदै उले एम्बुलेन्स आवश्यकताका लागि तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बताए ।