मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मन्दिरमा कलात्मक मूर्ति प्रतिस्थापन हुंदा अमूल्य : दशैं उपहारको झल्को

मन्दिरमा कलात्मक मूर्ति प्रतिस्थापन हुंदा अमूल्य : दशैं उपहारको झल्को


हिमालयखबर संबाददाता-
ह्युस्टन , टेक्सास । ग्रेटर ह्युस्टनका नेपालीको बहुप्रतिक्षित सपना हिजो एक उल्लासपुर्ण वातावरण बीच साकार भयो । नेपालीहरुको आफ्नै स्वामित्वमा रहेको पशुपति मन्दिर , ८ एकड जग्गा र अर्को मन्दिर भवन भएपनि नेपाली कलात्मक मुर्तिहरु थिएनन् । भवनभित्र भगवानका मुर्ति नहुँदा धार्मिक कार्यमा खासै उत्साह नभएपनि मन्दिर परिशरमा केहीसमयदेखि  मानिसहरुको बाक्लै आवत जावत हुनथालेको थियो । तर हिजो आइतबारदेखि त्यहाँ मुर्तिहरु राखेर प्राण प्रतिष्ठा गरिएको छ । भवन रङ्ग रोगन गरेर सजाइएको छ । कलात्मक प्यागोडा शैलीको झलक भवन भित्र र बाहिर देख्न सकिन्छ । 
 
हिजो एक भव्य समारोहका बीच नेपालबाट ल्याइएका  गणेश ,दुर्गा र राधाकृष्णका मुर्तिहरुको प्राण – प्रतिष्ठा सहित उद्घाटन गरियो । त्यसअघि तीन परिवारका जजमानद्वारा पुजा-आराधना र हवन गरिएको थियो । 
 
नेपालबाट २४ हजार डलरको लागतमा ह्युस्टन आइपुगेका ती मुर्तिहरु सिंगो ढुङ्गामा कुंदेर बनाइएका हुन् । 
 
उद्घाटन कार्यक्रममा बोल्दै टहल किशोरजी महाराजले हिन्दु दर्शन बारे बुझ्न जरुरी भएको बताए । पुजा पाठ गरेर मात्र हुंदैन , हिन्दु दर्शनलाई आत्मसात गरेमात्र धर्म हुने उल्लेख गर्दै ह्युस्टनमा नेपालीहरुको अपनत्वमा आएको पशुपति मन्दिर र सामुदायिक केन्द्र सम्पुर्ण अमेरिकावासी नेपालीको आस्थाको केन्द्र र पर्यटकीय स्थल बन्न सक्ने विश्वास उनले व्यक्त गरे । 
 
मन्दिरका पुजारी दिलीप शास्त्रीले प्राण -प्रतिष्ठा पुजा गराएका थिए । मन्दिर परिशरमा ठूलो संख्यामा नेपाली र भारतीय धर्मावलम्बीहरुको उपस्थिति थियो । महिलाहरुको बाक्लो सहभागिता रहेको मुर्ति प्राण -प्रतिष्ठा कार्यक्रमले ग्रेटर ह्युस्टनका नेपालीहरुलाई  दशैंको उपहारस्वरुप आफ्नो आस्थाको धार्मिक स्थल प्राप्त भएको सहभागीहरुले बताए । आफ्नै मन्दिर हुनुको गौरव र त्यसको अपनत्वले नेपाली समुदायमा उत्साहपुर्ण खुसी देखियो ।