मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिप दुर्घटना हुँदा दुईको मृत्यु

जिप दुर्घटना हुँदा दुईको मृत्यु


गुल्मी । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 
 
बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए । 
 
गाडी सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।