मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१५ सवारीसाधनबाट १७ हजार बढी भाडा फिर्ता

१५ सवारीसाधनबाट १७ हजार बढी भाडा फिर्ता


भरतपुर । चाडपर्वलाई लक्षित गरी काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेका बेला चितवन ट्राफिकले सार्वजनिक सवारीसाधनमा भाडादर अनुगमन तीव्र पारेको छ । 
 
सोही क्रममा ५ यात्रुबाहक बस र १० माइक्रोबाट प्रतिव्यक्ति ५० रुपैयाँदेखि १५० रुपैयाँसम्म निर्धारित भाडाभन्दा बढी लिएको पाइएकाले बढी लिइएको भाडा रकम १७ हजार रुपैयाँ सम्बन्धित यात्रुलाई फिर्ता गरिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । साथै, बढी भाडा लिएको कसुरमा बस र माइक्रोलाई कारबाहीसमेत गरिएको उनले बताए ।
 
आइतबार चितवन ट्राफिक प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक गौतमको कमाण्डमा खटिएको टोलीले आँपटारीचोकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सवारी चेकजाँच गरेको थियो । 
 
यात्रुबाहक बसमा सिट क्षमताभन्दा बढी यात्री चढाउने, चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाउने, चालकले पालो नफेर्ने, प्रत्येक चार घण्टाको यात्रामा आधाघण्टा विश्राम नगर्ने र यात्रुसँग निर्धारित भाडा असुल्ने प्रवृत्ति हटाउन ट्राफिकले चेकजाँचलाई तीव्र पारेको छ । सम्भावित दुर्घटनाबाट बचाउन र यात्रु वर्गमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै चेकजाँच अभियान सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गौतमको भनाइ छ । 
 
अनुगमनका क्रममा अधिकांश सवारीसाधनमा सरकारले तोकेको भाडादर यात्रुले स्पष्टसँग देख्ने गरी नटाँसेको पाइएकोले त्यस्ता सवारीका चालक तथा सञ्चालकलाई अविलम्ब भाडादर टाँस्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।