मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीमूलका अमेरिकी यो देशको राष्ट्रपति भएको हेर्न चाहन्छु – कंग्रेसम्यान अल ग्रीन

नेपालीमूलका अमेरिकी यो देशको राष्ट्रपति भएको हेर्न चाहन्छु – कंग्रेसम्यान अल ग्रीन


हिमालयखवर संवाददाता-
ह्युस्टन (टेक्सास) ।  " भविष्यमा कुनैदिन नेपाली मूलका अमेरिकी यो देशको राष्ट्रपति भएको हेर्न् चाहन्छु ।" –  अमेरिकी संसद सदस्य ( कंग्रेसम्यान ) अल ग्रीनले यसो भनिरहँदा ताज हल तालीको गड्गडाहटले गुन्जयमान भयो । 
 
ग्रेटर ह्युस्टनका नेपालीहरुको सक्रियता र उत्साह देखेर आफु अत्यन्त प्रभावित भएको बताउँदै उनले भने – तपाँइहरु आफ्नो संस्कॢति , भाषा र परम्परा जोगाउनुहोस , यसको उत्थान गर्नुहोस् कसैले रोक्दैन । अमेरिका सबै संस्कॢति , जात , धर्मका अप्रवासीहरुको संगम स्थल हो । 
 
नेप्लिज एशोसियसन अफ ह्युस्टनले अक्टुबर १३ को साँझ आयोजना गरेको दशैं उत्सव कार्यक्रमका मुख्य आकर्षण रहेका कंग्रेसम्यान अल ग्रीनले मन्च अघाडि उफ्रिरहेका साना नानीहरुलाई देखाउँदै भने – यिनीहरु नै उज्यालो भविष्य हुन् , भोलीको अमेरिकी राष्ट्रपति र प्रधानन्यायधिश बन्न सक्छन् । 
 
अल ग्रीन उनै राजनीतिक व्यक्तित्व हुन् जसले तीन वर्षअघि नेपालमा गएको विनासकारी भुकम्पमा राहत र पुनर्निर्माण कार्यमा ह्युस्टनका नेपालीहरुसंग काँधमा काँध मिलाएर सक्रियता देखाएका थिए । नेप्लिज एशोसियसन अफ ह्युस्टनले त्यतिबेला राहत संकलनकालागि शुरु गरेको कार्यक्रममा यहाँका अन्य समुदायलाई समेत उत्प्रेरित गरेका थिए । पछि उनले नेपालीलाई टीपीएस सुविधा उपलब्ध गराउन अमेरिकी सरकारसंग पहल गरेका थिए । कंग्रेसम्यान अल ग्रीनले नेपाली समुदायलाई  पुर्याएको योगदानको कदर गर्दै नेप्लिज एशोसियसनको तर्फबाट अध्यक्ष ज्योति घिमिरेले उनलाई  प्रशंसा पत्र प्रदान गरे । 
 
कंग्रेसम्यान अल ग्रीनले नेप्लिज एशोसियसन अफ ह्युस्टनले समुदायकोलागि गरेको कामको उच्च मुल्यांकन गर्दै Congressional Recognition प्रदान गरे । सो सम्मान पत्र एशोसियसनका अध्यक्ष ज्योति घिमिरे र सचिव विष्णु नेपालले ग्रहण गरेका थिए । 
 
त्यसैगरी समुदायको हितमा प्रशंसनीय काम गरेकोमा नेप्लिज एशोसियसन अफ ह्युस्टनद्वारा प्रदान गरिने प्रशंसा पत्र कंग्रेसम्यान अल ग्रीनले भीकेयर काम्युनिटी सेन्टरका द्रोण गौतम र आसियाना रेष्टुँराका संचालक चन्द्र शर्मालाई हस्तान्तरण गरे । 
 
सो प्रशंसा पत्र हस्तान्तरण गर्दै उनले भिकेयरका गौतम  र  आसीयानाका शर्मालाई सामुदायिक सेवाकोलागि बधाई पनि दिए । 
 
सोहि अवसरमा अल ग्रीनले एशोसियसनद्वारा प्रकाशित " नेपाल भिजन " पत्रिकाको लोकार्पण गरे । प्रत्येक वर्ष प्रकाशित हुने नेपाल भिजन यो वर्ष १३औं अंक हो । यसको सम्पादकमा समीर रावल र सम्पादन समुहमा पत्रकार सुजन पण्डीत , द्रोण गौतम र अजीत गोर्खाली रहेका छन् ।