मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न


नातिबाबु भट्ट
कोलोराडो (अमेरीका)- हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार साझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।
 
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा प्राध्यापक डा.खगेन्द्रप्रसाद लुईटेलको प्रमुख आतित्थ्यता तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको बिशेष आतित्थ्यतामा गायक दिपेशकीशोर भट्टराई तथा स्थानीय  कलाकारहरुका माझ बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।
 
कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा.खगेन्द्रप्रसाद लुईटेलबाट पानसमा बत्तीबालेर  उद्धाटन गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।
 
मातृभुमी नेपाल र कर्मभुमी अमेरीकाको  राष्ट्रियगान गाएर सुरु गरिएको  कार्यक्रमा संस्थाका महा सचिब टिका पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी लुईटेलले दशै तिहार र छटको शुभकामना दिदै, नेपाल देखि यती टाढा आएर बसोबास गरेरपनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए । उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोगगर्न सबैलाई आग्रह गरे ।  त्यस्तै अध्यक्ष बिनोद त्रीपाठीले  महानचाडको उपलक्ष्यमा सबैलाई शुभकामना दिदैं अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृती पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
 
सांझ साडे ७ बजे सुरु भई ९ बजे सम्म संचालन भएको कार्यक्रममा गायक दिपेशकिशोर भट्टराई संझना पाण्डे, ईशा कार्की, दिनेश कार्की लगायतका कलाकारले सुमधुर गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए । त्यस्तैगरी गीता कठायत, प्रज्ञा गहतराज, ज्योती सुनुवार, श्रीका आचार्य, अभ्यास भट्टराई, अनिसा भट्टराई लगायतका कलाकारले बिभन्नि गीतमा सुन्दर नृत्य प्रदर्सनगरी मनोरञ्जन प्रदान गरेका थिए । 
 
कार्यक्रममा गायन तथा नृत्यमा भागलिने  सबै कलाकारहरुलाई प्रमुख अतिथी र संस्थाका अध्यक्षबाट प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अथिती र बिशेष अतिथीलाई अध्यक्ष बिनोद त्रीपाठीले खादा पहिराई सम्मान गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष मणी बस्नेतले संचालन गरेका थिए । 
 
कार्यक्रम नेपालीहरुको दोश्रो ठुलो चहाड तिहारको झल्को दिने देउसी, भैलो खेल्दै टुङ्ग्याइएको थियो । सहभागीहरुलाई खसीको मासु , सेलरोटी सहितको स्वादिष्ट भोजन उपलब्ध थियो ।