मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाद्वारा लस एन्जलसमा शुभकामना कार्यक्रम

नेजाद्वारा लस एन्जलसमा शुभकामना कार्यक्रम


लसएन्जलस (अमेरिका)- नेपाल अमेरिका पत्रकार संघको आयोजनामा लस एन्जलसमा शुक्रबार साँझ समुदायको साथमा शुभकामना आदान  प्रदान कार्यक्रम सम्पन्न भएको छ।
 
नेपालीहरुको महान चाडहरु दशै, दिपावली र छठ पूजाको अवसरमा नेजाले समुदायमा सकृय संघ सस्थाका प्रतिनिधिहरु एब स्थानीय नेपाली समाजका अगुवाहरुलाई निमन्त्रणा गरेर सो कार्यक्रम गरेको थियो।
 
नेजाको अध्यक्ष सुदिप पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी महा बाणिज्य दुत ॠषि ढकाल एवम् बिशेष अतिथी नेपाली काङ्रेसका काठमाण्डौ जिल्ला सभापति सुबज बानियॉँ थिए ।
 
सो अवसरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्ष शन्तिराम ढकाल, एनआरएनए अाइसिसीका सदस्य बलराम थापा नेपाली जनसंपर्क समिती अमेरिकाका महाधिबेशन प्रतिनिधि हेमराज भट्ट, एनआरएन एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे सोही च्याप्टरका सस्थापक अध्यक्ष पूर्ण बानिया, सनफ्रान्सिस्कोमा रहेको नेपालीहरुको कम्युनिटी भवन निर्माणका अध्यक्ष एब सामाजिक ब्यक्तित्व उत्तम कार्की, पुनम शाक्य लगायतको उपस्थिती रहेको थियो।
 
त्यस अवसरमा लसएन्जलस समाजका अग्रज सम्पुर्ण सहभागीहरुले आ आफ्नो तर्फबाट शुभकामना प्रदान गरेका थिए । त्यसैगरी कार्यक्रममा पत्रकारहरु नेजाका क्षेत्रीय संयोजक गोकुल ढकाल, रामेश्वर भण्डारी, तिलक कार्की, रोशन अधिकारी, डोल्मा लामा, दिक्षा बस्नेत, शंकर वाग्ले र उपेन्द्र सापकोटा सहभागी भएका थिए ।
 
गोकुल ढकालद्वारा संचालित सो कार्यक्रममा डोल्मा लामाले आमन्त्रित सबैलाई नेजाको तर्फबाट स्वागत गरेकी थिइन् ।
 
सो अवसरमा प्राय धेरै बक्ताहरुले नेपालीहरुसँग सम्बन्धित सस्थाहरुले बिधी र प्रकृया सरल र सबैको साझा एब जनसहभागीता मुलुक बनाएर बन्धुत्व र भाईचारा बढाउदै नेपाली पहिचानलाई स्थापित गर्ने कुराहरुमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार दिक्षा बस्नेतले मिठास कबिता वाचन गरेकी थिईन् । तस्बिर: शंकर वाग्ले