मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, समर्थकको भव्य स्वागत

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, समर्थकको भव्य स्वागत


काठमाडौँ । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । 
 
मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । 
 
शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । 
 
उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ । 
 
त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् । “फेरि विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छौँ, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ”–कप्तान खड्काले भने । 
 
अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नुहेन बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने बताए । 
 
“अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ”– खड्काको भनाइ थियो । 
 
एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।