मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस युनियन चितवनमा अनिल ढकाल निर्वाचित

प्रेस युनियन चितवनमा अनिल ढकाल निर्वाचित


नेपाल प्रेस युनियन चितवनको आठौँ अधिवेशनले अध्यक्षमा अनिल ढकाललाई निर्वाचित गरेको छ । उनका प्रत्याशी पूर्णप्रसाद शर्मा रहेका थिए । 
 
युनियनका २१८ जना सदस्यमध्ये १८० जना मतदानमा सहभागी थिए । जसमा १४८ मतका साथ अनिल ढकाल विजयी भए । अध्यक्षबाहेक सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । 
 
निर्विरोध चयन हुनेमा खुल्लातर्फको उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी, कोषाध्यक्षमा विप्लव काफ्ले रहेका छन् । 
 
यस्तै सदस्यहरुमा सुशील पन्त, विवेक न्यौपाने, हरि पौडेल, चन्द्रमा अधिकारी, माधव सापकोटा, आशीष अधिकारी, विष्णुप्रसाद त्रिपाठी, राजु चौधरी, निशा दाहाल, कमलमान श्रेष्ठ, सुदन पौडेल र आशा खरेल सर्वसम्मत भएका छन् । 
 
नवनिर्वाचित अध्यक्ष अनिल ढकालले अग्रजहरुको सल्लाहसुझाव र मार्गनिर्देशनअनुसार अघि बढ्ने प्रतीज्ञा गर्दै आफ्नो कार्यकालमा पत्रकार साथीहरुको सशक्तीकरण र हकअधिकारका लागि सपर्पित हुने बताए ।
 
उनले निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले भवन निर्माणजस्तो महत्वपूर्ण अभिभारा पूरा गरी नेतृत्व हस्तान्तरण गरेकोमा कृतज्ञता व्यक्त गरे । 
 
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले स्वतन्त्र प्रेसका लागि प्रेस युनियनले भूमिका खेल्दै आएको र प्रेसमाथि अंकुश लागेको वर्तमान अवस्थामा पत्रकार अझै बढी संयमित, जिम्मेवार रहनुपर्नेमा जोड दिए । 
 
केन्द्रीय सदस्य सरोज अधिकारीले प्रेस युनियन चितवनले अन्य जिल्लामा राम्रो सन्देश प्रवाह गरिरहेको बताउँदै लोकतान्त्रिक पद्दतिमा निर्वाचन महत्वपूर्ण रहेकोले हार र जितको दम्भ र पीडाभन्दा सहकार्य गर्दै अघि बढ्न सुझाव दिए । 
 
अध्यक्ष नारायणप्रसाद अधिकारीले आफ्नो कार्यकालमा चुनौती बढी रहे पनि अभिभारा पूरा गरेर नयाँ नेतृत्वलाई अवसर दिएकाले त्यसको भरपूर उपयोग गरी प्रेस चितवनलाई अग्रणी र नेतृत्वदायी संस्थाका रुपमा अघि बढाउन नयाँ कार्यसमितिलाई सुझाव दिए ।
 
उनले नयाँ टिमप्रति आफ्नो पूर्ण भरोसा र विश्वास गरेको बताउँदै बधाई तथा शुभकामना व्यक्त गरे । 
 
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल, केन्द्रीय सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।