मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यात्रुसँग बढी भाडा असुल्नेलाई ठामका ठाम कारबाही

यात्रुसँग बढी भाडा असुल्नेलाई ठामका ठाम कारबाही


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चाडपर्वलाई लक्षित गरी ट्राफिक चेकजाँचमा कडाइ गरेको छ । 
 
राजधानीबाट बाहिरिने यात्रुसँग सार्वजनिक सवारीसाधनले दोब्बरसम्म भाडा असुल्ने गरेको गुनासो आइरहेका बेला जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा निर्धारित भाडादरभन्दा बढी लिने चारवटा बस र २२ वटा माइक्रो तथा हाइस कारबाहीमा परेका छन् । 
 
ट्राफिक प्रहरी बढी भाडा लिने सवारीसाधनबाट १५ हजार ८७० रुपैयाँ सम्बन्धित यात्रुलाई फिर्ता गराउनुका साथै बढी भाडा असुल्ने गाडीबाट जनही १ हजार ५०० का दरले ३३ हजार रुपैयाँ जरिवाना गराएको छ । 
 
साथै, ट्राफिक प्रहरीले यात्रुबाहक सार्वजनिक सवारीमा यात्रीले स्पष्ट देख्ने गरी भाडादर टाँस्न र पूर्णरुपमा कार्यान्वयन गर्न यातायात सेवा सञ्चालक तथा व्यवसायीहरुलाई अनुरोध गरेको छ । दैनिक चेकजाँच अभियानलाई निरन्तरता दिनेसमेत प्रहरीले जनाएको छ ।