मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ ड्यालसले दशैं कार्यक्रम अायोजना गर्दै

नर्थ ड्यालसले दशैं कार्यक्रम अायोजना गर्दै


प्लानो (टेक्सस) । बडादशैको अवसरमा नर्थ ड्यालस नेपाली समाजले शनिबार प्लानोमा मनोरञ्जनात्मक कार्यक्रम अायोजना गर्ने भएको छ । 
 
 दशैँका अवसरमा जमघट, शूभकामना अादान प्रदानका साथै सांस्कृतिक कार्यक्रम अायोजना गर्न लागिएको समाजका अध्यक्ष बादल भुजेलले जानकारी दिए । ग्राण्ड सेन्टर प्लानोमा हुने कार्यक्रम शनिबार साँझ साँढे सातबजे सुरू भएर मध्यरातसम्म चल्नेछ ।
 
यसपटकको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूले समेत अाफ्नो प्रस्तुति दिने तयारी भैरहेको भुजेलले जानकारी दिएका छन् ।
 
हाँस्य कलाकार नारायण त्रिपाठी, गायीका नलिना चित्रकार, तुङ्गनाथ उपाध्याय, निड ग्रुप लगायतको समुहले भव्य सांगितीक कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ ।