मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपालीभाषामै ड्राइभिङ परिक्षाका लागि एनआरएनले बुझायो मागपत्र

नेपालीभाषामै ड्राइभिङ परिक्षाका लागि एनआरएनले बुझायो मागपत्र


अस्टिन (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरए) टेक्सस च्याप्टरले नेपाली भाषामै ड्राइभिङ लाइसेन्सको परिक्षा दिन पाउने व्यबस्थाका लागि टेक्सस राज्य सरकारसँग आग्रह गरेको छ ।
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल लगायतका पदाधिकारीहरुको टोलीले मंगलबार टेक्ससका सेक्रेटरी अफ स्टेट रोनाल्डो पाब्लोसलाई भेटेर उक्त आग्रह गरेका हुन् । संघले टेक्ससमा एकलाख नेपालीभाषीहरुको बसोबास रहेको हुँदा सहजताका लागि नेपालीभाषामै ड्राइभिङ लाइसेन्स परिक्षा दिन पाउने व्यबस्था गरिदिन माग गरेको हो । 
 
टेक्ससको ड्यालस÷फोर्टवर्थ, अस्टिन, ह्युस्टन, सानएन्टेनियो, लबक लगायतका शहरहरुमा नेपालीहरुको बाक्लो बसाई छ । नेपाली समुदायले अंग्रेजी माध्यममै ड्राइभिङ परिक्षा दिनुपर्दा धेरैलाई समस्या परेको उल्लेख गर्दै एनआरएन टेक्ससले नेपालीभाषामै व्यबस्था गर्न आग्रह गरेको हो । 
 
अमेरिकाको मेरिल्याण्ड राज्य सरकारले नेपालीभाषामै ड्राइभिङ लाइसेन्सको परिक्षा दिन पाउने व्यबस्था गरिसकेको छ ।