मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को राजधानीमा चितवनसहित चार जिल्लाको नाम सिफारिस

प्रदेश नं ३ को राजधानीमा चितवनसहित चार जिल्लाको नाम सिफारिस


मकवानपुर । प्रदेश ३ को सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस भएको छ । प्रतिवेदनमा प्रदेश राजधानीको लागि अन्य चार जिल्लासहित चितवनको नाम पनि सिफारिस गरिएको छ ।
 
उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण राखिएको बताए । 
 
राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । समितिले प्रदेशसभालाई काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी पाँच जिल्ला राजधानी तोक्न उपयुक्त भएको भन्दै सिफारिस गरेको छ । 
 
समितिको प्रतिवेदन संसदमा पेस भएपछि प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको हो ।
 
गत जेठ २६ गते समितिले सभामुखलाई बुझाइएको प्रतिवेदनले चार महिनापछि प्रदेशसभामा औपचारिक प्रवेश पाएको हो । १३ सदस्यीय समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएसँगै समितिसमेत विघटन भएको छ । 
 
संसद सचिवालयअगाडि धर्ना
 
हेटौंडालाई नै प्रदेश तीनको स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै जनसरोकार केन्द्रले सोमबार संसद सचिवालय अगाडि धर्ना दिएको छ । संविधानअनुसार हेटौंडालाई स्थायी राजधानी घोषणा नगरेसम्म आफूहरुको ध्यानाकर्षण जारी रहने केन्द्रका अध्यक्ष अधिवक्ता ध्रुव चौलागाईंले बताए । सोमबारको बैठकसँगै प्रदेशसभाको बैठक स्थगित भएको छ ।