मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै थाल ठटाएर प्रदर्शन

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै थाल ठटाएर प्रदर्शन


काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवा नर्सहरुले थाल ठटाएर प्रर्दशन गरेका छन् ।
 
निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गन माग गर्दै युवा नर्स सञ्जालले सोमबार दिउँसो थाल र चम्चा ठटाएर माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
 
निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौँमा दैनिक विभिन्न संघसंस्था, विद्यार्थी तथा राजनीतिक दलहरुले प्रदर्शन गर्दै आइरहेका बेला प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गर्दै चर्का नाराबाजीसमेत गरेका थिए ।
 
निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएको साढे दुई महिना हुन लाग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशभर प्रदर्शन भइरहेका छन् ।