विचार / ब्लग

सामाजिक सञ्जालमा बरालिँदाका विचार र एेना

176 पटक पढिएको

-बलायर ‘प्रत्याशी’

हिमालय खबर | 8th Oct 2018, Monday | २०७५ आस्विन २२, सोमबार ०६:५३
सत्य चिन्न र देख्न आफ्नो आत्माको भित्री गहिराईमा बसेको दृष्टिकोणलाई धेरै पटक सोध्नु पर्छ । मानवले देख्ने र बोल्ने सत्य उसको मस्तिस्क भित्र जम्मा गरेर राखेको बिचारको प्रतिफल हो । जसले दिमाग भित्र जे बिचार राखेको हुन्छ, त्यसैको प्रतिफल उसले बिचारहरु निकाल्ने र सम्प्रेषण गर्दछ । दिमागले सकारात्मक बिचार बोकेको छ भने उसका भावहरु सकरात्मक हुन्छन । यदि नकारात्मक सोच बसेको छ भने जहिले पनि उसले गलत बाहेक अरु देख्दैन । 
 
ब्यक्तिका बिचारमा केन्द्रित भावलाई अध्ययन गरि खप्तडबाबाले बिचार बिज्ञानको प्रतिपाद गरेका थिए । ब्यक्तिले देखाउने बिचार भावको प्रकटबाट नै मानव राम वा रावण के हो प्रष्ट देख्न सकिन्छ । साथै अरुको पर-निर्भरतामा बाँचेको विचारले नत ब्यक्तिको हित हुन सक्छ नत सफलता नै प्राप्त हुन्छ । यसका लागि हरेकले  स्वयम् भित्र सन्तुष्टी खोज्नु छ भने  आफूभित्र नै सकरात्मक बिचारको उत्पत्ति जराउनु जरुरी छ । 
 
बिचार अत्यन्त गतिशिल हुन्छ । बिचारले एकै छिनमा हामी दुनियाँको त्यो कल्पना गरेको ठाउँमा पुग्न सक्छौ जो प्रकासको गतिभन्दा पनि छिटो पुग्न सक्छ । यसैले खप्तडबाबाले बिचारको तागतलाई सुर्यको प्रकाश भन्दा पनि छिटो र तिब्र भनेर ब्याख्या गरेका छन । हाम्रो मन र बिचारमा बुध्दत्वको बास गराउन सक्यौ र मनबाट बिकारका दुर्व्यसन त्याग्न सक्यौ भने मन भित्रै नै लुम्विनी जन्माउन सक्छौ र एकै छिनमा हामी लुम्बिनीको भ्रमण मन भित्रै गराउन सक्छौ । यसैकारण बिचारको प्रबाहलाई प्रकास भन्दा पनि तिब्र ठानिएको हो ।  
 
बिचारको महत्व कति छ भन्ने कुराको लागि हामीले एउटा बिरामी ब्यक्तीलाई उदाहरणलाई यहाँ प्रस्तुत गरिएकोछ । जस्तै कि सकरात्मक बिचारको प्रबाहबाट एक रोगीको रोग राम्रो हुन सक्छ भने गलत बिचारले ठिक हुन लागेको बिरामी पनि मर्न सक्छ । यसैले खप्तडबाबा भन्नु हुन्छ; यदि हामीले कुनै रोगीलाई अस्पतालमा भेट्दा ढाडस दिएर तपाईको रोग निको हुन्छ भन्यौं भने उसको आधा रोग त्यसै ठिक हुन्छ । तर यसको सट्टा उसलाई तिमीलाई त नराम्रो रोग लागेको रहेछ, यस्तो किसिमको रोग लागेको फलानो त मरेको थियो भनियो भने ठिक हुन लागेको मानिस पनि झन बिरामी हुन सक्छ । यसैले मस्तिस्कलाई बलियो बनायौ भने कैयौ रोग त्यसै ठिक हुन्छन तर मस्तिस्क बलियो बनाउन राम्रो बिचारको जन्म हुनु जरुरी छ । 
 
यसैले कुनै पनि बिचार होस वा बिचारधारा वा अर्ति-उपदेश लिदा होस वा दिदा  सोच बिचार गरेर धारण गर्नु जरुरी छ । खप्तडबाबाले त्येसैले बिचारलाइ शक्तीको रुपमा प्रस्तुत गरेका छन । हरेकका मनबाट उब्जेका बिचार रुपी शक्ति सत्य वा गलत जे पनि हुन सक्छन । तर ग्रहण गर्नेले सोच पुर्याएन भने त्यसको लाभ र बिनासको भागिदार पनि स्वयम् ग्रहणकर्ता नै हुनु पर्ने  हुन्छ ।
 
भागवत गीता कै कुरा गर्ने हो भने पनि अर्जुन र यूधिष्ठिरको बिचारको बाटो एउटा थियो जसले सत्यताको पक्षपोषण गर्थ्यो । दुर्योधनको बिचारको बाटो फरक थियो जसले अहंकारको भाव बोकेको थियो । तर जसरी अर्जुन र यूधिष्ठिर बिचार उनीहरुका लागि सत्य थिए, त्यसरी नै दुर्योधनका लागी उनको मार्गको बिचार पनि सहि र सत्य देखिन्थ्यो ।  
 
बिचारको प्रसंगमा यहाँ उठाउन खोजेको कुरा मात्र के को हो भने कसले कुन किसिमको बिचारको झोला भिरेको छ उसले त्यहि किसिमको बिचारको उत्पादन गर्छ र बाँड्छ । हामीसँग जे छ त्यहि त दिने हो । हाम्रो बिचाररुपी झोला भित्र कुडकपाड मात्र छ भने सुन कहाँबाट दिन सकिन्छ र ? जस्तै दुर्योधनसँग कुबिचारको झोला थियो र उनले त्यसैलाई सहि बिचार भन्दै हिडे र त्यसैलाई उनले आफ्नालाई बाँडे ।  त्यसबाट निस्केको विचारमा दुर्गन्धबाहेक केही निस्कन सकेन । जसले उनलाई नै नाश गरयो । अर्जुन र यूधिष्ठिरसँग कृष्णको सदबिचारको ज्ञानको झोला थियो, जसले  सत्यता र सफलताको भावहरु प्रकट गरयो । जसले उनीहरुलाई सफलताको सिढी चढ्न सहयोग गर्यो ।
 
यसैले हरेक मानवमा सोच्ने र परिकल्पना र कसैलाई पछ्याउने स्वतन्त्रता छ ।  विचार ग्रहणको कुरा गर्दा अर्जुन र यूधिष्ठिरको बिचार लिने कि दुर्योधनको लिने भन्ने प्रत्येकको निजी बिषय हो । तर त्यो विचार लिन पूर्व हरेक बिचार वा बिचारधारा वा कुबिचार हरेकको बिश्लेषण आफ्नो अन्तरमनले गर्नु पर्दछ ।
 
अब माथीका बिचारलाई अहिलेको सामाजिक संजालको दुनियाँमा जोडौ । बिज्ञानको चमत्कारले सामाजिक संजालमा आजभोली कसको कुन किसिमको बिचार र स्वरुप छ त्यो छरपस्ट देख्न सकिन्छ । हामी साना हुँदा गाउमा कसैको आदत डाको छोडेर अरुलाई गाली गर्ने हुन्थ्यो भने आज भोली सामाजिक संजालका केही पात्रमा त्यसैको छायाँ देखिन थालेको छ । तर यहाँ कसैले जानेर बुझेर पनि आँखा चिम्म गरेर यस्ता बिचारहरु पछ्याईउदै सामाजिक संजालमा लाइक र कमेन्ट गरिरहेका हुन्छन । यो हुनु भनेको सस्तो अन्धभक्त वा धृतराष्ट्रबादको शरणको आज्ञाकारी बिचारको शरणार्थी हुनु हो । जसले स्वयमको भविश्यको पथप्रदर्शनमा बिनास सिवाय अरु केही दखिदैन । 
 
अहिलेको सामाजिक संजाल बिचारहरुको झोला बनेको छ । यो एक किसिमले सिक्न र संचारको आदान प्रदानको लागि राम्रो पनि भएको छ । जसमा धेरैका सदविचारहरु राख्ने र सिक्ने राम्रो प्लेटफर्म पनि बनेको छ । तर कहिले कहि केहि दुर्योधनवादीहरुको सोचका कारण सिकाई गर्ने र सिकाउने भन्दा पनि स्रोत साधन र समयको बर्बादीका रुपमा प्रस्तुत हुन गएको पनि छ । 
 
यहाँ एउटा कुरा भने प्रष्ट देखिन्छ । माथी उठान गरे झै बिचारको प्रबाहकको स्तर र उस्को बिचारले स्वयमको भित्री स्वरुप भने प्रष्ट देख्न सकिन्छ । बिचारबाट निस्केका अभिब्यक्त शब्दले अरु कसैलाई प्रहार गरेको भन्दा पनि उनको नैतिक धरातल, विचार  र चरित्र माथि नै प्रहार गरेको हुन्छ । तर यी बिचारकलाई यसको सामान्य जानकारी नहुन पनि सक्छ । बिस्तारै बिस्तारै सामजिक संजालमा उनीलाइ थोरै त्यस्तै बिचारकले मात्र साथ दिईरहेका हुन्छ जसको उनलाई पछि मात्र थाहा पाउँछन्।
 
यसैले तपाइका सार्वजनिक गरिएका भावनाले तपाईलाई  सकुनी सहितको दुर्योधन वा कृष्ण सहितको यूधिष्टर के हो भन्ने चिनाइ रहेको हुँदा तपाईका बिचार भित्रका हरेक शब्दहरुको उपयोग सहि किसिमबाट गर्नु जरुरी छ । यसैले आफुलाई चिनाउन र चिनिनुको लागी सामाजिक संजालमा बिचार प्रबाह गर्दा संयमिता अपनाउनुहोस । जस कालागि एक पटक खप्तडबाबाको बिचार बिज्ञानलाई पढ्ने कोसिस गरौ । 
 
हालः टेक्सस, अमेरिका 
balayarab@gmail.com