मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मूल्य वृद्धि नियन्त्रण गर्न तरुण दलले बुझायो सरकारलाई ज्ञापन

मूल्य वृद्धि नियन्त्रण गर्न तरुण दलले बुझायो सरकारलाई ज्ञापन


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेपालीहरुको महान् चाड बडादसैंको मुखैमा गरिएको मूल्य वृद्धि, कालोबजारी र तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । 
तरुण दलले आइतबार जिल्ला प्रशसन कार्यालय काठमाडौंमार्फत् ज्ञापनपत्र बुझाउँदै सरकारसँग मूल्य वृद्धि, कालोबजारी र तस्करी नियन्त्रणका लागि माग गरेको हो । 
 
‘नेपालीहरुको महान् चाड बडादसैंको मुखमा आएर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुमा सरकारले गरेको मूल्य वृद्धि र महंँगीले नागरिकलाई निकै मार परेको छ,’ ज्ञापनपत्रमा जनाइएको छ । 
 
दसैंको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, कालोबजारी र तस्करीलाई नियन्त्रण र कारबाही गरिनुपर्ने, ७५३ वटै स्थानीय तहमा अतिआवश्यकीय दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने गरी सुपथ मूल्य पसलको व्यवस्था हुनुपर्ने माग तरुण दलले राखेको छ । 
 
तरुण दलले दसैंमा गाउँघर जाने यात्रुका लागि थप यातायातका साधनहरुको व्यवस्थित व्यवस्थापन गरिनुपर्ने, चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनाबाट सतर्क रहेर जनताको जिउधनको सुरक्षा गरी शान्ति सुव्यवस्था कायम हुनुपर्ने मागसमेत गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । 
 
तरुण दलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गर्ने दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर महिलाले स्वतन्त्ररुपमा सार्वजनिक स्थानमा निर्धक्क भएर हिँडडुल गर्न सक्ने वातावरण निर्माणका लागि ज्ञापनपत्रमार्फत् सरकारसँग माग राखेको छ ।