मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उप्रेतीलाई फेरि प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारी

उप्रेतीलाई फेरि प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारी


काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा खाली रहेको कुलपतिमा गंगाप्रसाद उप्रेतीले फेरि बाजी मारेका छन् । 
 
आइतबार प्रधानमन्त्री एवम् प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
 
उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए । त्यसअघिको कार्यकालमा उनी उपकुलपति रहेका थिए । 
 
प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिसमा उनीहरुको नियुक्ति भएको हो ।
 
सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 
उनले प्रतिष्ठानले कृति प्रकाशनको संख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिए ।
 
प्रतिष्ठानलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उनले निर्देशन दिए ।
 
सो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।